किन गरे बद्री पंगेनीले ‘गीत गाउनै छाड्ने’ घोषणा !
screennepal
प्रकाशित: २०७१, १७ भाद्र मंगलवार
no img

काठमाडौं । लोक दोहोरी क्षेत्रलाई कलाकर्मीले अपमानित गरेको गुनासो लोकगायक बद्रि पंगेनीले गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अवार्डबारे जानकारी दिन आयोजना गरेका कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । उनले भने, ‘हामी सबै विधाका गायक र फिल्मकर्मीलाई सम्मान गर्छौँ । उहाँहरूले आयोजना गरेको कार्यक्रममा हाम्रो पनि दायित्व रहेको भन्दै उपस्थित हुन्छौँ । र, हाम्रा कार्यक्रममा उहाँहरूलाई स–सम्मान बोलाउँछौँ । तर, हामीलाई चाहिँ उहाँहरूले हेयका दृष्टिले हेर्नुहुन्छ ।’ उनले तत्कालका मितिसम्म कलाकारिताका अरु बिधामा रहेकाले आफूले जस्तै आफ्नो क्षेत्रकालाई सम्मान गरेको नपाएको भन्दै त्यस्तो पाइए आफूले गीत गाउनै छाड्ने चुनौती प्रस्तुत गरे ।लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले पनि बद्रीको कुरामा सहमती जनाएका थिए ।

IMG_2118
लोकदोहोरी अवार्डको तेस्रो संस्करण शुक्रवार हुने भएको छ । उन्नाइस विधामा अवार्ड बाँडिनुका साथै लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ । उत्कृष्ट सदावहार गीत, पत्रकारिता पुरस्कार र दशकका गायक गरी जम्मा २१ वटा विधामा अवार्ड वितरण गरिने प्रतिष्ठानका अध्यक्ष शिव हमालले बताए । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरिने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनका खातिर अवार्ड बाँडिन लागेको अध्यक्ष हमालको भनाई छ ।

Comments