बिहे गर्दै गायिका शोभा त्रिपाठी
screennepal
प्रकाशित: २०७१, ८ भाद्र आईतवार
no img

काठमाडौं । गायिका, मोडल तथा भिजे शोभा त्रिपाठी विवाह गर्ने तयारीमा छिन् । उनले यही वर्षभित्र विवाह गर्ने बताएकी छिन् ।
उनी भन्छिन्, ‘घरबाट पहिल्यैदेखि प्रेसर थियो, यो वर्ष विवाह गर्छु भनेर बचन दिएकी छु ।’

shobha tripathi

शोभा त्रिपाठी

आफ्नो जेठो दाजुको विवाह हालसालै भएको बताउदै आफ्नो पालो समेत आएको उल्लेख गरिन् ।

उनले सात÷आठ वर्षदेखि चलिरहेको अफेयर्सलाई विवाहमा परिणत गर्न दुवैजना राजी भएको बताएकी छिन् । उनका बारे विस्तृत  आगामी विहिवारको ‘शुक्रवार साप्ताहिक’मा प्रकाशित हुनेछ ।

Comments