यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको फेसनशैली !
screennepal
प्रकाशित: २०७१, १८ श्रावण आईतवार
no img

modi_nepal2_080314111138

-एमपी सुब्बा
काठमाडौं । भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा काठमाडौं आएका छन् । भारतीय जनता पार्टी ‘बिजेपी’ का नेता मोदीले केही महिनाअघि सम्पन्न विधानसभामा अत्याधिक बहुमत ल्याएर प्रधानमन्त्रीका रुपमा उदय भएका हुन् । यसअघि गुजरातका मुख्यमन्त्री रहेका मोदीले प्रधानमन्त्रीमा निर्वाचित भएयता निरन्तर चर्चा पाइरहेका छन् । प्रधानमन्त्री मोदीको चर्चा राजनीति र सामाजिक क्षेत्रमा मात्र नभई उनले लगाउने फेसनमा पनि हुँदै आएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक ब्राजिलमा सम्पन्न ‘ब्रिप्स शिखर सम्मेलन’ मा सहभागी हुँदा उनले लगाएको फेसनले विश्व चर्चा पाएको थियो, जहाँ उनले खैरो रंगको शुट लगाएका थिए । अधिकांश भारतीय पुरुष राजनीतिज्ञहरुले लामो खाडीले बनेको कुर्ता–सुलवार लगाउने गरेका छन् । तर, प्रधानमन्त्री मोदीको पहिरन शैली अरु नेताका भन्दा फरक छ ।

यसअघिका प्रधानमन्त्री डा. मनमोहन सिंहको कहिल्यै पहिरनशैलीको चर्चा भएन किनकि, उनी प्रायः साधारण पहिरनमा हुन्थे । तर, मोदीको राजनीति जीवनशैलीसँगै अहिले उनले लगाउने पहिरनको चर्चा विश्व मिडियाले गर्न थालेका छन् । आफ्नो पहिलो विदेशी भ्रमण ब्राजिलमा सम्पन्न ‘ब्रिक्स शिखर सम्मेलन’ को कुरा मात्र नभई भूटान भ्रमणमा पनि उनले लगाएको पहिरनले चर्चा पाएको थियो । अर्को कुरा मोदीले आफूले लगाउने लुगाको आफ्नै फेसन डिजाइनर छ । उनले मुम्बईका चर्चित फेसन डिजाइनर नरेन्द्र कुमारसँग आफूले लगाउने लुगा तयार गर्छन् । भनिन्छ, प्रधानमन्त्री मोदीको पहिरनशैली उद्योगपति आम्बानी खानदानसँग मिल्दोजुल्दो छ । मोदीले जहाँ आफ्ना लागि पहिरन तयार गर्छन्, त्यहाँ बलिउडका हस्ती ‘खान; र अम्बानी परिवारका सदस्यले पहिरन तयार गर्छन् । उनी कुर्ता–सुलवारभन्दा पनि शुट लाउन रुचाउँछन् ।

narendra-modi-
पहिरनले व्यक्तित्वमा प्रभाव पार्छ भन्ने हेक्का भएका प्रधानमन्त्री मोदी सेप्टेम्बरमा अमेरिका भ्रमणमा जाँदैछन् । त्यसका लागि उनले आफ्ना लागि मुम्बईमा एक पेशेवर डिजाइनरलाई शुट तयार गर्न लगाएका छन् । उनी मुख्यमन्त्री हुनुभन्दा पहिले पनि लुगा डिजाइन गरेरै सिलाउँथे । मोदीले लामो समय आफ्न लागि अहमदाबादका कपडा निर्माता जेड ब्लुद्वारा डिजाइन गरिएका कपडा लागाउँथे, जसलाई ‘मोदी हस्ताक्षर कुर्ता’ समेत भनिन्थ्यो । त्यसपछि उनले आफ्ना लागि गुजरातकै फेसन डिजाइनरसँग कपडा तयार गर्न लगाउँथे । मोदीको फेसन क्रियसन विपिन चौहान, जो ‘जेड ब्लु’ का सह–मालिक परिलक्षित छ । यो कुरा केही समयअघि चौहानले आफ्नो एक राजनीति लेखमा समेत उल्लेख गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिचान झल्काउने परम्परागत कपास र रेशमको कुर्ता मनपराउँछन् । आफ्नो पहिरनशैली र रङ कम्बिनेसनमा उनी निकै सजक छन् । विशेषगरी उनी सुन्तला रंगको शुट मनपराउँछन् । जसलाई उनले गुजरातमा मुख्यमन्त्री भएपछि अंगीकार गरेको बताइन्छ ।     –एजेन्सीको सहयोगमा

Comments