३५ कटेपछि आमा बन्दै हुनुहुन्छ भने ख्याल गर्नुुस् यी कुरा… !
screennepal
प्रकाशित: २०७५, १९ बैशाख बुधबार
no img

काठमाडौं, १९ बैशाख । तपाइँको उमेर ३५ वर्ष वा त्योभन्दा माथि छ र ‘प्रेग्नेन्सी’ बन्दै हुनुहुन्छ ? हो, भने सजग हुनुहोस् । उमेर बढ्दै गएपछि नियमित डाक्टरको सम्पर्कमा त रहनुपर्छ नै, प्रसवको दौरानमा तपाइँले डाक्टरसँग सल्लाह लिन आवश्यक छ ।
पछिल्लो समय महिलाहरु ढिलो आमा बन्ने निर्णय गर्न थालेका छन् । ३५ वर्ष कटेपछि धेरै महिला ‘प्रेग्नेन्सी’ हुनु यसैको एक उदाहरण हो । यदि तपाइँ ३५ वर्ष या त्योभन्दा धेरै उमेरमा आमा बन्दै हुनुहुन्छ ? र, उमेरका कारण प्रशव पीडाप्रति चिन्तित त हुनुहुन्न ?
अर्को कुरा धेरै उमेरमा पहिलोपटक आमा बन्दै गर्दा तनाव हुनसक्छ । तर, चिन्ता नगर्नुस् । आफ्नो परिवार सुरुवात गर्ने निर्णयसँगै धेरै महिलाहरु चिन्तित हुने गर्छन् । तर, चिन्ता होइन, स्वथ्य रहने कोसिश गर्नुस् । आफू स्वस्थ्य भयो भने शिशुको जन्म पनि आरामका साथ हुन्छ । तर, त्यसका निम्ति केही कुराहरु ख्याल राख्नुस् ।

डायबिटीजको खतरा
गर्भावस्थाका लागि ३० वर्षभन्दा कम उमेरलाई उत्तम मानिन्छ । जसरी उमेर बढ्दै जान्छ, महिलाको शरीरमा पनि परिर्वन हुँदै जान्छ । ३५ वर्षभन्दा माथिको उमेरको गर्भधारणमा ‘डायबिटीज’ र ‘हाई ब्लडप्रेशर’जस्ता समस्याहरुका कारण जोखिम धेरै हुन्छ ।
धेरै उमेरका महिलामा गर्भपातमा आशंका पनि धेरै हुन्छ । सबैभन्दा धेरै समस्या भनेको ‘प्रि एक्लेम्प्सिया’ या ‘हाई ब्लड प्रेशर’ले गर्छ । समयभन्दा पहिलो शिशुको जन्मजस्ता समस्या पनि आउन सक्छ ।

हेरचाहको आवश्यक
उमेर बढ्दै जाँदा तपाइँ दिक्क नमान्नुस् किनकि यो प्रक्रिया हो । उमेरमा जे आउँछ, त्यो सामना गर्दै जानुस् । केही महिला ३५ कटेपछि पनि नर्मल महिलाजस्तै इञ्जोय गर्छन् किनकि, हरेक महिलाको शरीर र प्रेग्नेन्सी फरक हुन्छ । यस्तो अवस्थाका महिलाहरुलाई अतिरिक्त हेरचाहको जरुरी हुन्छ । डाक्टरसँग सल्लाह लिनु पनि विर्सन हुँदैन ।

शिशुलाई असर
३५ वर्ष उमेरको आसपास यी कुराको सोच हुन्छ कि एक स्वस्थ शिशुको जन्म दिन सकुँ । तर, धेरै उमेरमा आमा बन्न असमान्य हुन्छ । शिशुमा केही असामान्य जोखिम पनि हुन्छ । ती असामान्यमा ‘डाउन सिन्ड्रोम या दुर्लभ गुणसम्बन्धि देखापर्छ । यस्तो अवस्थामा ‘एडवड्र्स सिन्ड्रोम’ या ‘पटाउज सिन्ड्रोम’ आदि देखापर्छ । सबै महिलाको चाहना उमेर अनुसार हुन्छ ।
स्वास्थ्य जाँचको परिणामपछि शिशुमा केही समस्या भए खतराको अनुमान हो । त्यो कुरा ध्यानमा राख्नुस् । त्यो परीक्षणपछि शिशुमा केही असमान्य परिवर्तन देखिन्छ । त्यसबारेमा तपाइँलाई डाक्टरले सल्लाह दिनेछन् । जसमा तपाइँ निर्णय गर्न सक्नु हुनेछ ।

‘सिजेरियन’को आशंका
ढिलो ‘प्रेग्नेन्सी’ मा प्रसवको समय शिशुको अवस्था यस्तो पनि हुनसक्छ, जसमा सामान्य प्रसव मुश्किल हो । तपाइँ पहिलोपटक आमा बन्दै हुनुहन्छ भने डाक्टरले तपाइँलाई ‘सिजेरियन अपरेशन’का लागि पनि सलाह दिन सक्छन् । एक अध्ययन अनुसार १५ देखि २४ वर्षका महिलाको तुलनामा २५ देखि २९ वर्षका महिलामा ‘सिजेरियन अपरेशन’ को सम्भावना एक दशमल ८ गुणा बढी हुन्छ । दोस्रो कुरा ३० देखि ४० वर्षका महिलामा यो सम्भावना चार गुना बढी हुन्छ ।
केही सोधहरुमा यो थाहा भएको छ कि, बढी उमेरमा आमा बन्ने महिलामा ‘फिटल डिस्ट्रेस’ बढी सामान्य हो । खासगरी ४० वर्षमाथिको उमेरमा पहिलोपटक आमा बन्नेहरुमा यो समस्या हुन्छ । जो आयु वर्गमा ‘सिजेरियन अपरेशन’ बढी हुन्छ ।

केही फाइदा पनि
बढी उमेरका कारण ‘प्रेग्नेन्सी’ थोरै समस्या हुन सक्छ । तर, यस उमेरमा गर्भधारणमा चार फाइदा पनि छन् । त्यस उमेरमा आर्थिकस्तरमा स्थिरता आएको हुन्छ । सामान्यतया करियरको शुरुआतमा ‘यङ कपल्स’ले कम कमाई र धेरै खर्चले गर्दा बच्चाका लागि निर्णय लिन मुश्किल हुन्छ । यस्तोमा बच्चाको आवश्यकताको अगाडि खर्च लगाम बन्न सक्छ । तर, अनुभवका साथ उनको कमाईमा परिवर्तन पनि आउँछ ।
यस उमेरमा ‘इमोशनल मच्योरिटी’ पनि बढी हुन्छ । दम्पती बच्चा स्याहार्नका लागि पुरै तयार हुन्छन् भने करियरमा सेट सँगै जिन्दगीमा यस्तो दिन आउँछ । यस्तो दम्पतीले ‘मदरहुड इन्जोय’ गर्छन् ।

ख्याल राख्नुपर्ने कुरा
आमा बन्नु पहिले डाक्टरसँग परामर्श लिनुस् । आवश्यक परे काउन्सिलिङ गर्नुस् । हरेक सेशनमा आफ्नो पार्टनरलाई सँगै लैजाुनस् ।
३५ को उमेरमा आमा बनेपछि केही कुरामा ध्यान दिनुस् । धूम्रपान गर्न छाड्नस् । आफ्नो पार्टनरलाई पनि धूम्रपान गर्न नदिनुस् । यदि हल्कोहल सेवन गर्ने बानी छ भने त्यो पनि छाड्नुस् । हल्कोहल र धुम्रपान तपाइँ र बच्चाका लागि हानिकारक र घातक साबित हुन्छ ।
तपाइँ दिनमा कतिपटक कफी वा चिया पिउनुहुन्छ ? त्यो पनि रोक्नुस् । कफी र चियाले ‘कैफिन’ हुन्छ । जो शरीरका एक मात्राभन्दा धेरै हानी पु¥याउछ । ‘कैफिन’को मात्रा बढी भए गर्भपातको खतरा बढ्छ ।
तपाइँ आफ्नो वजन नियन्त्रणमा राख्नुस् । ‘हार्मोन्स ब्यालेन्स’ भयो भने तपाइँ आरामले जिउन सक्नुहुन्छ । कुनै समय बढ्दो वजनका कारण ‘पीरियड्स’ अनियमित हनु जान्छ । जसले गर्भवती हनु मुश्किल हुन्छ । (एजेन्सीबाट)

Comments