मुम्बई, ६ मङ्सिर (एजेन्सी) । एउटा यस्तो पार्टी, जहाँ पगिरनको चर्चा चल्यो । हो, चर्चामा आएको त्यो पहिरनको हो, जो बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनकी छोरी आराध्याले जन्मदिनमा लागाएकी पहिरनको !
आराध्याको केही दिनअघि जन्मदिन मनाइएको थियो । यस क्रममा ‘प्रतिक्षा’मा भएको पार्टीमा आराध्याले डिजाइनर मनिष मलहोत्राको गुलाबी गाउनमा देखिएकी थिइन् ।
फ्लोरल प्रिन्ट भएको यो गाउनको मूल्य करिब १ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ । उनले लगाएका जुत्ताको मूल्य ३० हजार बताइएको छ ।
पार्टीमा शिल्पा शेट्टी छोरा वियानसँग देखिइन् । सोनाली बेन्द्रै पनि छोरालाई लिएर आएकी थिइन् । संजय दत्तका छोरा शाहरान र इकराका साथै फराह खान पनि आफ्ना तीन छोराछोरीसँग देखिइन् । यीबाहेक अन्य बलिउट सेलिब्रेटी पनि पार्टीमा देखिएका थिए । हुन त यो चर्चा सामान्य हो किनकि ऐश्वर्या आँफैमा फेशन कन्सस हुन, यिनको छोरीको पहिरन चर्चालाई किन सामान्य नमान्ने ?