गायक पवन राना मगर र सिता थापा मगरको कौरा गीत आउन त कनछी बस मनैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ | रोधी संस्कृतिमा आधारित यो कौरा गीतको म्युजिक भिडियोलाई मनाङ् गुरुङले निर्देशन गरेका हुन् भने निर्भना कला केन्द्रले बजारमा ल्याएको हो|
दिवान किनारको लय, शब्द र संगीत संयोजनमा तैयार यस गीतको म्युजिक भिडियो सबिता राना मगरको नृत्यले गीत जस्तै रमाईलो बनेको छ |
खेम थापाको छायांकनमा बनेको यस म्युजिक भिडियोलाइ भिष्णुहरि तिमल्सिनाले सम्पादन गरेका हुन्| यस गीत र म्युजिक भिडियो सार्वजनिक भए संगै लोकप्रिय बन्दै गइरहेको छ |