यस्तो छ, यमको पत्रकारिता यात्रा
screennepal
प्रकाशित: २०७३, १४ आश्विन शुक्रबार
no img

काठमाडौं, १४ असोज । ‘बालमस्तिष्कभरि रोमाञ्चकारि अनुभूति सँगाल्दै सिनेमा हेर्न हुइकिएका ती दिनहरु हिजैजस्ता लाग्छन् । शरदमा फाँटभरि पहेंलपुर भएर लहराइरहेका तोरीका बोटहरु र बर्षा ऋतुमा धानका हरिया गाँजहरु देख्दा लाग्थ्यो कि मेरो गाँउ एक सुन्दर प्राकृतिक स्टुडियो हो । सम्झना कुसुमे रुमालजस्ता तत्कालीन नेपाली सिनेमाका प्रभावले चञ्चलता, भावुकता र कल्पनाशीलतासँगै रमाउन चाहने मलाई मात्र होइन सिंगो गाँउले जीवनमै एक किसिमको तरंग उत्पन्न गराउँदथ्यो ।’

yam
माथी उल्लेखित हरफहरु चलचित्र पत्रकार यमप्रसाद चौलागाईले लेखेको बहुचर्चित पुस्तक चलचिका सारथीको भूमिका लेखनबाट उदृत गरिएको हो । चलचित्रका सारथी पत्रकार चौलागाईको यस्तो पुस्तक हो जस्ले नेपाली चलचित्र क्षेत्र र त्यसमा क्रियाशील अधिकांश चलचित्रकर्मीका बारेमा एकमुष्ट जानकारी दिन्छ ।

नेपाली चलचित्र क्षेत्रमा क्रियाशील सम्पूर्ण कलाकर्मीहरुको बारेमा जानकारिदिने यो पुस्तक नेपाल मै पहिलो पटक पत्रकार यमप्रसाद चौलागाईले लेखेका हुन् ।
यसप्रकारको पुस्तक पत्रकार चौलागाई भन्दा पहिले कुनैपनि चलचित्र पत्रकारले लेखेका थिएनन् । वास्तवमा चलचित्रका सारथी पुस्तक लेखेपछि पत्रकार चौलागाई एक बौद्धिक चलचित्र पत्रकारको रुपमा स्थापित भएका हुन् । चलचित्रका सारथी पुस्तक लेखेपछि नेपाल चलचित्र कलाकार संघद्धारा हरेक बर्ष प्रदान गरिने चलचित्र कलाकार संघ पत्रकारिता अवार्डद्धारा समेत सम्मानीति भए चौलागाई ।
चलचित्रका सारथी पुस्तक प्रकाशन पश्चात पनि पत्रकार चौलागाई चुप लागेर बसेनन् । नेपाली चलचित्र सम्बन्धि थुप्रै अनुसन्धानमुलक जर्नल आर्टिकल प्रकाशित गरिरहे । समयक्रम सँगै उनको अर्को पुस्तक उदघोषणकला तथा पत्रकारिता पनि पत्रकाशित भयो ।

yam-2

नेपाली चलचित्र पत्रकारिता सम्बन्धि उक्त पुस्तक सोही विधामा प्रकाशीत भएको अरु पुस्तकको तुलनामा सर्वाधिक विक्रि भई बेष्ट सेलर राइटर अवार्डद्धारा समेत उनि सम्मानीत भए । जयकाली प्रकाशनद्धारा हरेकबर्ष प्रदान गरिदै आएको सो राष्टिय बेष्ट सेलर राइटर अवार्डद्धारा सम्मानीत भएपछि पत्रकार चौलागाईको व्यक्तित्वको आयतन थप फराकिलो बनेको छ ।
पत्रकार चौलागाई जति बौद्धिक छन् उत्तिकै फराशीला र मिलनशार पनि स्वभाव छ उनको । आजसम्म कसैको पनि कुभलो नचिताएका चौलागाईलाई पत्रकारीता तथा लेखन कार्य बाट चिन्ने थुप्रै छन् र मनपराउनेहरु पनि उत्तिकै छन् । अर्थात पब्लिक रिलेशन असाध्ययै राम्रो छ उनको । विन्दास पाराले जिवन विताउन मनपराउने यीनी कसैको कडा निर्देशनमा वा निगरानिमा काम गर्नै चाहादैनन् । भन्छन्, “मानीस एक स्वतन्त्र प्राणी हो । उसको कार्यशैली पनि स्वतन्त्र नै रहनु पर्छ । अझै लेखन, पत्रकारिता तथा अभिनयजस्ता सिर्जनशिल विधामा क्रियाशील व्यक्तिहरु त झनै स्वतन्त्र हुनुपर्छ । स्वतन्त्रता अपहरण भएको दिन सिर्जना कर्मको पनि हत्या हुन सक्छ ।’
पत्रकार चौलागाई नेपाली चलचित्रका कथा बस्तु छनौट, चलचित्र निमार्ण तथा निर्दैशनमा परिवर्तन देखापरेको बताउछन् । नेपाली चलचित्र निमार्ण क्रमको प्रारम्भीक बर्षहरुमा शिव श्रेष्ठ तथा भूवन के.सी. जस्ता नायकहरुको एक छत्र राज रहेको नेपाली रजतपटमा २०४८ सालमा चलचित्रको रंगीन दुनियामा प्रवेश गरेका त्यस बखतका नव नायक राजेश हमालले एक किसिमको उथलपुथल नै ल्याईदिए । नेपाली चलचित्र क्षेत्र लामो समयसम्म राजेश हमालको नायकीय प्रभावबाट उम्कनै सकेन ।

त्यसो त हमालका प्रतिस्पर्धिहरु पनि मैदान प्रवेश नगरेका होइनन् । तथापी, हमालको नायकीय जादुका अघी ती धेरै टिक्न सकेनन् र चलचित्र क्षेत्रबाटै पलायन भए । यसरी, लामो समयसम्म नेपाली चलचित्र क्षेत्र हमालमय बनीरह्यो । भर्खरैमात्र प्रजातन्त्रको पुर्नबहाली भएको त्यससमय समाजमा परिवर्तका स्वरहरु मुखरित हुदै थिए । प्राय एंग्री योङ्गग म्यानको भूमिकामा देखापर्ने हमालले त्यसबेलाको सामाजीक परिवेश अनुकुल आफुलाई स्थापीत गर्न सफल भएका हुन्, चौलागाईको कथन छ ।
तर अहिले फेरि एकपटक चलचित्रको ट्रेण्ड बदलिएको छ । आजभोलीका नेपाली चलचित्रहरुमा राजेशहमाल छैनन् बरु दयाहाङ राई र सौगात मल्लहरु हावी भैसकेका छन् । हिजोसम्म राजेशहमाल भनेर मरिमेट्ने नेपाली दर्शक आज दयाहाङहरुलाई स्वागत गर्न तम्तयार भैरहेका छन् । आखिर यस्तो किन हुन्छ ? चौलागाईका थप्छन ‘समय गतिशील हुन्छ र दर्शक श्रोताका रुचिपनि परिवर्तनीय हुन्छन् । अर्को कुरा एउटै ट्रेण्डबाट वाक्क दिक्क बनेका दर्शकहरुले चलचित्रका विषयबस्तु र कलाकारहरुका अभिनयमा केहि परिवर्तन र जिवन्तता खोजीरहेका थिए ।

केहि फाइट सिन र केहि नुत्यको संयोजन रहने गरेका पुराना फरमूला चलचित्रहरुलाई आजभोली बनिरहेका मौलीक नेपाली विषयबस्तुमाथी बनीरहेका चलचित्र तथा तिनमा रहने जिवन्त अभीनय कोशलले प्रतिस्थापन गरेको कुरा नितान्त सहि हो ।’
समकालीन चलचित्र दुनियालाई शुक्ष्म ढंगले अध्ययन गर्ने चौलागाईले चलचित्र सम्वन्धि विभिन्न किसिमका राष्टिय प्रतियोगिताहरुमा निर्णायक मण्डल सदस्यको रुपमा समेत कार्य गरिसकेका छन् । नेपालमा स्नात्तकोतर सम्मको अध्ययन सकेर अध्ययनकै शिलशिलामा युरोपका विभिन्न देशहरु र संयुक्तराज्य अमेरिका पुगेर नेपाल नै फर्किएका पत्रकार चौलागाईले नेपाली चलचित्र पत्रकारिता तथा लेखनका माध्यमबाट नेपाली चलचत्रि क्षेत्रलाई अझ धेरै गर्न बाँकी छ ।

नेपालमा मात्र होईन अन्तराष्टिय जगतमा समेत नेपाली चलचित्र क्षेत्रलाई प्रवद्धन गर्न सक्ने खुवि भएका पत्रकार चौलागाई हाल नेपाली साहित्यीक कृतिमाथी बनेका नेपाली चलचित्रहरुमाथी अनुशन्धान गर्दैछन् ।

Comments