आदिबासी चलचित्र उत्सव-२०७३ : तेस्रो दिन ‘नुमाफुङ’ स्क्रिनिङ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १३ बैशाख सोमबार
no img

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार लिम्बू कलाकारहरुको बाक्लै जमघट देखियो । उनीहरु लिम्बू परम्परागत गरगहना तथा ढाका पहिरनमा सजिएर त्यहाँ पुगेका थिए । यो संयोग भने ‘आदिबासी जनजाती चलचित्र उत्सव–२०७३’ले जुराएको हो । उत्सवको तेस्रो दिन अर्थात् सोमबार लिम्बू संस्कृतिमा आधारित बहुचर्चित चलचित्र ‘नुमाफुङ’ स्क्रिनिङ गरिएको छ । सोही अवसरमा लिम्बू समुदायका चर्चित कलाकार तथा चलचित्रकर्मीहरुको जमघट भएको हो ।

IMG_1478

आदिवासी चलचित्रकर्मी महासंघको मुख्य आयोाजना सुरु भएको उक्त साताव्यापी चलचित्र उत्सवमा विभिन्न आदिवासी चलचित्रकर्मीहरुको नौवटा संघ सहभागी छन् । १७ बैशाखसम्म दैनिक रुपमा हुने उक्त उत्सबमाको तेस्रो दिन चलचित्र ‘नुमाफुङ’ को स्क्रिनिङ कार्यक्रम भएपनि त्यहाँ कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । ‘आनि केरेग पेगि हिलिङ दरबार’ बोलको गीतमा लिम्बू समुदायका चर्चित कलाकारले नृत्य प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।
यस उत्सवमा आदिबासी जनजाति समुदायकका एक दर्जनभन्दा बढी चलचित्र प्रदर्शन गरिँदैछ । यस उत्सवको शनिबार सूचना तथा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । सो अवसरमा उनले आफुहरुले राम्रो नियतले वितरण सुरु गरेको सेलिब्रेटी कार्ड बिवादमा परेकोमा चिन्तासमेत व्यक्त गरेका थिए । नीतिगत रुपमा र चलचित्र विकास बोर्डले बुझाएअनुसार मन्त्रालयले सो कार्ड प्रदान गरेको उनले स्पष्ट पारेका छन् । मन्त्री राईले आदिबासी सिनेमाको लागि सेन्सर जिम्मा आदिबासीलाई दिनुपर्ने धारणासमेत राखेका छन् ।

IMG_1485
आदिबासी जनजाती चलचित्र महासंघको प्रतिनिधिलगायतको एउटा समिति बनाएर आदिबासी जनजाती सिनेमा सेन्सर गरिनु पर्ने उनको सुझाव छ । कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले आदिबासी र जनजाती चलचित्रको अनुकुलमा यथासक्य दर्ता, सेन्सरनीति आउने जानकारी गराए । जनजाति चलचित्र क्षेत्रमा बोर्डबाट बिगतको भन्दा धेरै नै काम भएको अध्यक्ष राईले बताए ।
आदिबासी जनजाती चलचित्र महासंघ र संस्कृतिक सँस्थानले आयोजना गरेका सो कार्यक्रममा आदिबासी जनजाती महासंघका महासचिब एवं संसाद पेम्बा भोटेले आदिबासी जनजाति चलचित्रले आदिबासी जनजातीको पहिचान जोगाउन ठुलो योगदान पु¥याको बताए ।
त्यस्तै, ‘इन्डिजिनियस फिल्म अर्काइभ’का अध्यक्ष एवं चलचित्र निर्देशक नविन सुब्बाले आदिबासी जनजाति चलचित्र आदिबासी सौन्दर्यबाट निर्माण हुन जरुरी भएको धारणा राखेका थिए । आदिबासी जनजातीका विषयमा निर्माण हुने चलचित्रको विकाश बारे राज्य गम्भिर नभएको सुब्बाले टिप्पणी गरे ।
कार्यक्रममा बोल्दै साँस्कृतिक संस्थानका महाप्रबन्ध राजेश थापाले आदिबासी जनजाती चलचित्रको विकासका लागि संस्थानले आदिबासी जनजाती चलचित्र महासंघसँग मिलेर यो सप्ताहव्यापी उत्सब आयोजना गरेको बताए । उनले नेपालको सबै आदिबासी जनजातिको भाषा सस्कृति मुलुककै सम्पति भएकोले यसको जर्गेना गर्नु सांस्कृतिक सँस्थानको दायित्व भएको उनले बताए ।
आयोजक संस्था आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले आदिबासी जनजातिको पहिचानलाई जिवन्त राख्दै पर्यटन बिकासमा टेवा पु¥याएको बताए । आदिबासी जनजाती चलचित्रलाई सांस्कृतिक संस्थानमै अब नियमित व्यबसायिक प्रदर्शनमा ल्याउने जानकारी पनि उनले गराए ।

Comments