बैशाख अन्तिममा ‘विरानो माया’ (टीजरसहित)
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

काठमाडौं । चलचित्र ‘विरानो माया’ को प्रोमो रिलिजसँगै रिलिज डेट सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको हो । यो चलचित्र ‘यही ३१ बैशाखबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
श्री मिडिया सर्च एण्ड मूभि मेकरको ब्यानरमा निर्मित ‘बिरानो माया’ लभस्टोरी जनराको चलचित्र हो । यस चलचित्रमा नम्रता सापकोटा, रोहित रुम्बा, श्रीदेव भट्टराई, दीपाशा बिसी, दिनेश डिसी, माधव खरेललगायतको अभिनय रहेको छ ।
जनकराज अधिकारीको छायांकन, शंकर महर्जनको द्वन्द्व रहेको ‘बिरानो माया’ मा सावित्री अधिकारी र मिलन लामाले लगानी गरेका छन् । यस चलचित्रको लेखन तथा निर्देशक माधव खरेल गरेका हुन् ।

Comments