काठमाडौ । शम्भु महर्जनले आफ्नो एकल स्वरमा गीति एल्बम ‘स्वरान्तर’ ल्याएका छन् । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार दुर्गालाल श्रेष्ठ, संगीतज्ञ धनबहादुर गोपाली, संगीतकार जुगल ढंगोललगायतले एल्बम सार्वजनिक गरे ।
कार्यक्रममा कुलपति सरुभक्तले पछिल्लो समय गीत संगीतको ब्यवसाय धरासायी हुँदै गएको बताउँदै यसलाई स्रष्ठाले बचाउँनुपर्ने बताए । उनले एल्बम ‘स्वरान्तर’ नामजस्तै भएको प्रसंशा गरेका थिए ।
जुगल डंगोलको एकल संगीत रहेको एल्बममा भेट्न पनि बहाना चाहिने…, अन्मिएर गयौ तिमी.., म त मायामा जलेको मान्छे…, जीवन नाम तट सुन्दर…, जननी जन्मभुमिस्च…लगायतका पाँच गीत छन् । जसमा शब्द डा.कृष्णहरी बराल, उमेश पौडेल, सुनिल संगम, दुर्गालाल श्रेष्ठ र धनश्याम श्रेष्ठका छन् ।