डबलीमा नाच्ने इच्छा पूरा नभएपछि इभेन्टतिर लागेकी हुँ : हेमा
screennepal
प्रकाशित: २०७२, ४ फाल्गुन मंगलवार
no img

म सानैदेखि नाच्न गाउन रुचाउँथे । त्यो समयमा प्रतिभाको डबली कार्यक्रम थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने डबली नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । तर, जति इच्छा र रहर गरे पनि म त्यहाँसम्म पुग्नै सकिनँ । डबलीमा नाच्ने गाउँने इच्छा पूरा नभएपछि आफैले इभेन्ट गरौं भन्ने सोचले २००३ मा नेप्लीज फेसन होम स्थापना गरेर सौन्दर्य प्रतियोगिता सुरु गरेको हँ । तर, यो व्यापारचाहिँ होइन । जस्तै, त्यो समयमा मैले रहर गरेर पनि इच्छा पूरा गर्न सकिनँ, त्यस्तै रहर भएकाहरुको इच्छा पूरा गरिदिन इभेन्ट गर्न थालेको हुँ । र, नेप्लीज फेसन होमले धेरैलाई ‘प्लेटफर्म’ पनि दिएका छ ।

– एमपी सुब्बा

काठमाडौं । नेप्लीज फेसन होम यस्तो इभेन्ट आयोजक संस्था हो, जसले नेपालमा पहिलोपटक जातिय तथा एकल समुदायको नाममा सौन्दर्य प्रतियोगिताको सुरुवात गरे । सन् २००३ मा ‘मिस टिन शेर्पा’ आयोजना गरेर जातिय सौन्दर्य प्रतियोगितालाई बढुवा दिएको फेसन होमले अहिले बार्षिक पाँच वटा इभेन्ट गर्दै आएको छ । ‘मिस टिन शेर्पा’पछि ‘मिस टिन गुरुङ’ आयोजना गरेको यो संस्थाले सन् २००५ मा ‘मिस नेवाः’ सुरु ग-यो, त्यसपछि त नेपालमा विभिन्न जातजातीका नाममा सौन्दर्य प्रतियोगिता गर्ने संस्थाहरु च्याउजस्तै पलाए ।

अहिले विभिन्न समुदाय तथा जातीका नाममा डेढ दर्जनभन्दा बढी सौन्दर्य प्रतियोगिता हुँदै आएका छन् । तर, पहिलोपटक आयोजना भएको ‘मिस टिन शेर्पा’ र ‘मिस टिन गुरुङ’ भने केही वर्षयता भएका छैनन् । यसबारे नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर भन्छिन्, ‘ती प्रतियोगिता सम्बन्धीत समुदायबाटै होस् भन्ने ध्येयले राम्रो रेस्पोन्स हुँदाहुँदै पनि गर्न छाडेको हुँ ।’ पछिल्लो केही वर्षयता भने नेप्लीज फेसन होमले ‘मिस नेवाः’, ‘प्रिन्सेस् नेपाल’, ‘मास्टर स्टार’, ‘किड क्विन’ र ‘मिस लिटिल नेवाः’जस्ता सौन्दर्य एवं कल्चर शो गर्दै आएको छ । अहिले सौन्दर्य प्रतियोगिताको मौसम छ । यसैबेला नेपालमा जातिय सौन्दर्य प्रतियोगिताको प्रारम्भ गर्ने संस्थाकी अध्यक्ष हेमा मानन्धरसँग गरिएको कुराकानी प्रस्तुत छ ।

hema manandhar 1

हेमा मानन्धर, अध्यक्ष, नेप्लीज फेसन होम

सौन्दर्य प्रतियोगिता आयोजना गर्न थालेको कति भयो ?

– १३ वर्ष भयो । सन् २००३ मा ‘मिस टिन शेर्पा’ बाट इभेन्ट सुरु गरेको हुँ ।

त्यो समयमा आजभोलिजस्तो सौन्दर्य प्रतियोगिता खाशै हुँदैनथ्यो, तर, त्यतिखेरै के सोचले ‘मिस टिन शेर्पा’ गर्नुभयो नि ?

– हो, ‘मिस टिन शेर्पा’ आयोजना गरेको समयमा ‘मिस नेपाल’बाहेक अरु सौन्दर्य प्रतियोगिता थिएनन् । तर, त्यस्तो अवस्थामा पनि हामीले एउटा जातीविशेषमा ‘मिस टिन शेर्पा’ गर्ने आँट ग-यौं । विशेषगरी शेर्पा एसोसिएसनको अनुरोधमा उक्त प्रतियोगिता गरेका हौं । त्यसपछि हामीले ‘मिस टिन गुरुङ’ पनि ग-यौं । त्यो समयमा जाती विशेषमा सौन्दर्य प्रतियोगिता गर्दा मिडियाबाट एकदमै राम्रो रेस्पोन्स पनि पाएका थियौं । वास्तवमा नेपालमा हामीले नै हो पहिलोपटक जातिय रुपमा सौन्दर्य प्रतियोगिताको थालनी गर्ने पनि । जब नेप्लीज फेसन होमले ‘मिस नेवाः’ को सुरुवात ग-यो, तब अरुले पनि यस्तै जाती विशेषमा सौन्दर्य प्रतियोगिता गर्न थाले ।

‘मिस नेवाः’ गर्न थालेको कति वर्ष भयो नि ?

– सन् २००५ बाट सुरु गरिएको हो । त्यसयता निरन्तर हुँदै आएको छ । अहिले ‘मिस नेवाः’ को ११औं संस्करणको तयारी भइरहेको छ । प्रतियोगीहरु अहिले प्रशिक्षणमा छन् ।

‘मिस टिन शेर्पा’ र ‘मिस टिन गुरुङ’लाई चाहिँ किन निरन्तरता दिनुभएन नि ?

– जब ‘मिस नेवाः’ सुरु भयो, तब विभिन्न जाती विशेषका थुप्रै सौन्दर्य प्रतियोगिताहरु हुन थाले । त्यसपछि ‘मिस टिन शेर्पा’ र ‘मिस टिन गुरुङ’ सम्बन्धीतले नै गरोस् भन्ने उद्देश्यले गर्न छोडेको हुँ । अर्को कुरा हामीले ‘मिस नेवाः’ लाई बढी प्राथमिकता दिन थाल्यौं । त्यसैले आज जातजातीको नाममा हुने सौन्दर्य प्रतियोगिताको भीडमा ‘मिस नेवाः’को छुट्टै पहिचान पनि छ ।

जातैपिच्छे मात्र नभएर ‘मिस आदिवासी’, ‘मिस मंगोल’जस्ता नाममा हुने प्रतियोगिताले ‘मिस नेवाः’लाई असर त परेको होला नि ?

– अँह, पटक्कै असर परेको छैन । कुनै पनि प्रतियोगिताले अर्को प्रतियोगितालाई असर पार्दैनजस्तो मलाई लाग्छ । अर्को कुरा ‘मिस नेवाः’ मा सहभागी हुन चाहनेहरु अरुको प्रतियोगितामा इच्छा राख्दैनन् । यदि इच्छा राखे ‘मिस नेपाल’ मै जान्छन् । एउटा कुरा जातिय तथा समुदायको नाममा सौन्दर्य प्रतियोगिता गर्न कति उचित छ त ?

– मलाई त उचित लाग्छ किनकि, यस्तो प्रतियोगिताबाट उनीहरुले प्लेटफर्म पाएका हुन्छन् । त्यस्तै, जुन जाती विशेषमा सौन्दर्य प्रतियोगिता हुन्छ, त्यसमा सौन्दर्यताको मात्र कुरा हुँदैन, त्यो जाती तथा समुदायको कला, संस्कृति र भेषभूषाको पनि प्रवद्र्धन भइरहेको हुन्छ ।

Hema manandhar पेसा नै त भन्ने होला, सौन्दर्य प्रतियोगिताको व्यापारमा सुरुमा कसरी लाग्नुभयो ?

म सानैदेखि नाच्न गाउन रुचाउँथे । त्यो समयमा प्रतिभाको डबली कार्यक्रम थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने डबली नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । तर, जति इच्छा र रहर गरे पनि म त्यहाँसम्म पुग्नै सकिनँ । डबलीमा नाच्ने गाउँने इच्छा पूरा नभएपछि आफैले इभेन्ट गरौं भन्ने सोचले २००३ मा नेप्लीज फेसन होम स्थापना गरेर सौन्दर्य प्रतियोगिता सुरु गरेको हँ । तर, यो व्यापारचाहिँ होइन । जस्तै, त्यो समयमा मैले रहर गरेर पनि इच्छा पूरा गर्न सकिनँ, त्यस्तै रहर भएकाहरुको इच्छा पूरा गरिदिन इभेन्ट गर्न थालेको हुँ । र, नेप्लीज फेसन होमले धेरैलाई ‘प्लेटफर्म’ पनि दिएका छ ।

११औं संस्करणसम्म आइपुग्दा ‘मिस नेवाः’ सुन्दरीहरु के कहाँ उपलब्धी गरे त ?

– आ–आफ्नो ठाउँमा उपलब्धी गरेका छन् । ‘मिस नेवाः’हरु हिरोइन बनेका छैनन् । उनीहरुको इच्छा त्यतातिर हुँदैन पनि । उनीहरुले चाहेअनुसार मिडियातिर गएका छन् । धेरैजसो ‘मिस नेवाः’हरुले मिडियामै संलग्न छन् ।

सुन्दरी प्रतियोगिता गरेरै जीन्दगी गुजार्ने हो त ?

– होइन, यो त मेरो एउटा क्षेत्र मात्र हो । म समाजसेवामा पनि सक्रिय छु । मेरो व्यापार÷व्यवसायिक पनि छ । मेरो उद्देश्य त राजनीति गर्ने हो । अहिले पनि कुनै पार्टीसँग नजिक रहेर राजनीतिमा पनि सक्रियता देखाइरहेको छु । सौन्दर्य प्रतियोगिता आयोजना गरेर पनि आमदानी त हुन्छ होला नि ?

– हुँदैन, यो कुरा अरु आयोजकहरुलाई पनि सोध्नुहोला । इभेन्ट गर्नु सजिलो पनि छैन । यो एउटा सामाजिक काम जस्तै हो ।

Comments