म कुसुम बुटिकको अघोषित ब्राण्ड एम्बेस्डर हुँ : अञ्जु पन्त
screennepal
प्रकाशित: २०७६, २४ फाल्गुन शनिबार
no img

डिल्लीबजारस्थित शनिबार ‘कुसुम द बुटिक’मा चर्चित पाश्र्वगायिका अञ्जु पन्त, पछिल्लो समयकी हटकेक नायिका पुजा शर्मा, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङलगायतका सेलिब्रेटीहरु भेटिए । उनीहरुले कुसुम बुटिकको प्रशंसामात्र गरेनन्, फेसन पारखीलाई कुसुम बुटिकमा एकपटक आउन समेत आग्रह गरे ।
‘यो सहरमा राम्रो बुटिक खोज्दै हुनुहुन्छ भने डिल्लीबजारको पिपलबोटसँगै रहेको कुसुम बुटिकमा आउनुस्, तपाइँले चाहेजस्तै पहिरन पाउनु हुनेछ’ उनीहरुको आग्रह थियो ।
प्रशंग, कुसुम द बुटिकको प्रथम वार्षिकोत्सवको हो । डिल्लीबजारस्थित कुसुम द बुटिकले शनिबार एक समारोहबीच प्रथम वार्षिकोत्सव मनाएका छ । उक्त कार्यक्रममा केक काट्दै गायिका अञ्जु पन्तले भनिन्, ‘एकपटक यो बुटिकमा सबैलाई आउन आग्रह गदर्छ ।’
उक्त बुटिक गत वर्ष यसै समयमा नारी दिवशको अवसरमा कुसुम श्रेष्ठले सञ्चालनमा ल्याएकी हुन् । त्यो बेला गायिका अञ्जु पन्तले नै रिवन काटेर बुटिकको उद्घाटन गरेकी थिइन् । शनिबार प्रथम वार्षिकीको केक काट्न पुगेकी अञ्जुले भनिन्, ‘कुसुम बुटिक सञ्चालनमा आएदेखि नै म नियमित कस्मटर हुँ ।’ उनले कुसुम बुटिकको आफू अघोषित ब्राण्ड एम्बेस्डर नै भएको बताइन् ।
केही वर्षयता फेसन उनी कन्सस समेत बनेकी छन् । साथै, आफ्नो सुन्दरतालाई समेत निखार्दै लगेकी छन् । निखारिँदै गएको सुन्दरताप्रति उनका अञ्जुका शुभचिन्तक तथा फ्यानका लागि रहस्यको विषय बन्नसक्छ । यसबारे उनी भन्छिन् ‘खाश केही होइन, खानपान र समयटेवल नै हो ।’ निखारिँदै गएको आफ्नो स्लिमनेशलाई चाँडै म्युजिक भिडियोमा समेत पं्रस्तुत गर्दैछिन् । उनले भनिन्, ‘एउटा आफ्नो गीतमा आफै मोडलिङ गर्दैछु ।’
कार्यक्रममा अभिनेत्री पुजा शर्माले कुसुम बुटिकका पहिरनले आफूलाई लोभ्याएको बताइन् । केही दिनअघि मात्र उनले कुसुम बुटिकको पहिरनमा एक साप्ताहिकका लागि होली फोटोसुट गराएकी थिइन् । गायिका अञ्जु र अभिनेत्री पुजाका लागिमात्र नभएर पछिल्लो समय ‘कुसुम द बुटिक’को पहिरन अधिकांश नेपाली सेलिब्रेटीको रोजाइ बन्दै गएको छ ।
कार्यक्रममा अभिनेत्री तथा नेपाल स्टारसमेत रहेकी गायिका विष्णुले कुसुम बुटिकको पहिरन आफूलाई कम्फाटेवल लाग्ने बताइन् । फेसनको विशेषता पनि यही हो । आफूलाई जुन पहिरन ‘कम्फाटेवल’ लाग्छ, त्यही नै फेसन हो ।
कार्यक्रममा बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले एक वर्षको अवधिमा आफूले सोचेभन्दा राम्रो भएको बताइन् । उनले भनिन्, ‘आज यो बुटिक सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । यहाँसम्म आउँदा सर्वसाधारणदेखि सेलिब्रेटीसम्म चिनिन पाएकी छु । यही नै मेरो लागि खुसी र प्रगतिको कुरा हो ।’

Comments