‘झिंगे दाउ’मा तीन अभिनेत्री, सबैको फरक लुक्स (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७६, २४ मंसिर मंगलवार
no img

नेपाली चलचित्र ‘झिंगे दाउ’मा अभिनेत्री तथा मोडल आशा भुषाल फरकलुक्समा देखिने भएकी छन् । यो चलचित्र यतिखेर काभ्रेको भकुण्डेबेसीमा छायाँकन भइरहेको छ । सुटिङमा व्यस्त रहेकी आशाले भनिन्, ‘म यो चलचित्रमा एकदमै फरक लुक्समा देखिँदैछु ।’


ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेको यो चलचित्र यसअघि खोटाङको हलेसीमा छायाँकन गरिएको छ । त्यसपछि यो युनिट भकुण्डेबेसी पुगेको हो । चलचित्रमा आशा मात्र होइन, अभिनेत्री आँचल शर्मा र केकी अधिकारी पनि फरकलुक्समा देखिने भएका छन् । ‘झिंगे दाउ’ गाउले परिवेशमा आधारित चलचित्र भएको निर्माणपक्षले जनाएको छ । सार्वजनिक कलाकारका तस्बिरले पनि त्यही जनाउँछ ।


‘झिंगे दाउ’मा केकी, आँचल र आशासँगै अन्य कलाकारहरुका पनि लुक बाहिरिएको छ । चलचित्रमा यी तीन अभिानेत्रीको अलावा मुकुन भुसाल, कुशल विष्ट र अंशु महर्जनको पनि मुख्य भूमिका रहेको छ ।
गाउँले परिवेश र विशुद्ध नेपालीपन झल्कनेगरी चलचित्रमा कलाकारलाई प्रस्तुत गरिएको निर्माणपक्षले जनाएको छ । आशाले यसअघि पनि भिन्न कथामा ‘सुनपाती’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । जुन चलचित्रमा छुवाछुतविरुद्ध आवाज उठाइएको थियो ।


यो चलचित्र साहित्यकार भीमनिधि तिवारीको कथामा आधारित रहेको बताइएको छ । कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा अर्जुन पोखरेलले संगीत गरेका भने पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहेको छ । यस चलचित्र विष्णु कल्पितले खिचिरहेका छन् ।

Comments