‘लभ यु हमेशा’को सुखको जुनी… (भिडियो)
screennepal
प्रकाशित: २०७६, १७ मंसिर मंगलवार
no img

शुक्रबार अर्थात् १३ मंसिरदेखि देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘लभ यु हमेशा’मा समाबेश ‘सुखको जुनी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
उदय सोताङको स्वर, भास्कर प्रधान (भासु)को शब्द र संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी कमल राईले गरेका हुन् ।
भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मको यस गीतमा अभिनेता यशराज गरच, गोपाल ढकाल (छन्दे), शिसिर राणा, ऋचा थापा, फिजा योन्जनलगायतका कलाकार फिचर छन् ।
धर्मा क्रिएसनको ब्यानरमा मिलन गुरुङ सहनिर्माता रहेको फिल्मको सुटिङ भारतको दार्जिलिङ, कालेबुङलगायत काठमाडौं र फिलिपिन्नसमा गरिएको हो ।
शिब ढकालले खिचेको फिल्ममा यशराज साइक्याट्रिक डाक्टरको भूमिकामा छन् ।
फिल्ममा यशराजका साथमा ऋचा थापा, फिजा योन्जन, निराजन मेहतालगायतका कलाकारले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=zB-q0KxLdrk&feature=emb_title
Comments