सोलुकी प्रतिभालाई ‘मिस टिन अफ द ईयर’ उपाधि
screennepal
प्रकाशित: २०७६, ११ भाद्र बुधबार
no img

काठमाडौं, ११ भदौं । सोलुखुम्बुकी प्रतिभा राईले यस वर्षको ‘मिस टिन अफ द ईयर–२०१९’को जितेकी छन् । रिबन इन्टरटेन्मेन्टले आयोजनामा गरेको उक्त कार्यक्रममा आफ्ना प्रतिस्पर्धीलाई उछिन्दै शीर्ष उपाधिसहित मोबाईल र विभिन्न उपहार जित्न सफल भएकी हुन् । उनले मिस ट्यालेन्ट र युट्युब मस्ट भ्युअर्सको उपाधिसमेत जितेकी छन् ।
प्रतियोगितामा फस्ट रनर्सअप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्सअप तथा फेसबुक च्वाईस श्रीबिना राई भए । ‘मिस टिन अफ द ईयर’ यस सिजन ४ मा बेस्ट र्याम्पवाल्क बेस्ट स्किन साम्राज्ञी पोख्रेल, बेस्ट स्माईल प्राश्ना राई, बेस्ट हेयर नेहा खातुन र बेस्ट डान्स सलिना राई भएका छन् ।
उक्त प्रतियोगिताको निर्णायकमा सञ्चारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, मिसेस नेपाल टुरिजम–२०१९ को बिजेता छिरिङ डोल्मा शेर्पा, अटो नेपालका एमडी भुषण श्रेष्ठ, टेलिभिजन प्रस्तोता बिकाश थपलिया र गायक आभास लाभ थिए ।

Comments