दी पोश आउटफिटर्सको यस्तो छ ‘इन्साइडर्स’ (फोटोफिचर)
screennepal
प्रकाशित: २०७६, २८ श्रावण मंगलवार
no img


पछिल्लो समय बढ्दो ‘फेसन सेन्स’सँगै राजधानीमा बुटिकहरुको संख्या पनि बढ्दै गएको छ । यस्तै, नक्सालस्थित भाटभाटेनी सुपर मार्केट अगाडि ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । जुन बुधबार औपचारिकरुपमा उद्घाटन हुँदैछ ।


उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याउन लागेका हुन् । ‘दी पोश आउट फिटर्स’ बुटिक नामजस्तै अरुभन्दा भिन्न हुने उनीहरुको भनाइ छ ।
नेना र सम्झना भन्छन्, ‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने आममानिसको बुझाइ छ । तर, हामी त्यसलाई चिर्न चाहन्छौँ । उनीहरु नामजस्तै दी पोशले काम पनि फरक गर्ने दावी गर्छन् ।

डिजाइनर तथा सञ्चालिकामध्ये नेना भन्छिन्, ‘आममानिस अहिलेसम्म बुटिकको लुगा महँगो हुन्छ सोच्छन् । तर, दी पोश आउटफिटर्स त्यस्तो होइन । हामीले स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ राखेका छौँ । हामी अर्डरअनुसार अन्तर्राष्ट्रियस्तरको पहिरन सर्वसुलभमा उपलब्ध गराउँछौँ ।’ दी पोशले विशेषगरी क्याजुअल पहिरनलाई फोकस गर्ने भएको छ ।


नेना र सम्झना बागबजारस्थित आईआईएफटीका फेसन डिजाइनर उत्पादन हुन् । उनीहरुले ‘दी पोश आउटफिटर्स’मार्फत सस्तो र गुणास्तरिय लुगा उपलब्ध गराउनुका साथै आफ्नो ब्राण्ड नै बनाउने उद्देश्य लिएका छन् ।


Comments