इन्ट्रिमै रोजनको यस्तो ‘इन्टरडक्शन’
screennepal
प्रकाशित: २०७६, २५ श्रावण शनिबार
no img

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एकसेएक प्रतिभाहरु आइरहेका छन् । यस्तै, एक प्रतिभा हुन्, रोजन बराइली (आरर्डेन) । यिनै बाल -यापर प्रतिभाको नयाँ गीत सार्वजनिक भएको छ ।
‘आर्डेन इन्टरडक्शन’ अर्थात आरर्डेनको परिचय शीर्षकमा सार्वजनिक भिडियोले यी प्रतिभाको वास्तविक परिचय झल्काउँछ । भिडियोको कन्सेप्ट पनि त्यही हो ।
सार्वजनिक गीतमा रोजनकै स्वर, संगीत र शब्द रहेको छ । भिडियोमा रोजन र प्रविन तामाङ ‘वाइबा’लगायत उनीहरुजस्तै स–साना कलाकारहरु फिचर्ड छन् । यो गु्रपको सांगीतिक भविष्य उज्जल देखिन्छ । सिंगिङसँगै डान्स -यापरहरुको विशेषता हो । त्यही विशेषतालाई रोजन गु्रपले फलो गरेका छन् । एक किसिमले भन्ने हो भने यो भिडियो प्रस्तुत गर्ने तरिकासमेत नौलो छ । भिडियोमा यु–ट्युबर अर्थात भिजे प्रशन्न रिमाल पनि देखिएका छन् । यस भिडियो कन्सेप्ट पनि प्रशन्नकै हो ।
एमएमएस इन्टरटेनमेन्टको अफिसिसयल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भिडियोलाई डम्बरबहादुर राईले खिचेका हुन् ।

Comments