हिरोइन खोज्दै ‘आधा सुर’ घोषणा
screennepal
प्रकाशित: २०७६, १४ श्रावण मंगलवार
no img


नेपाली चलचित्र ‘आधा सुर’ निर्माण घोषणा गरिएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच ‘आधा सुर’ निर्माण हुने घोषणा गरिएको हो । चलचित्रमा अर्पण थापा र सरिता गिरीको मुख्य भूमिकामा रहने बताइएको छ ।
अशिन पौडेलको निर्देशन रहने उक्त चलचित्रमा अर्पण र सरिताको आलवा प्रविण खतिवडा, शिशिर बाङ्देल, दीलिप रानाभाट, बविता मल्ल, सुरज विष्ट, सुभांगम पराजुलीको समेत अभिनय रहने जनाइएको छ ।

यो चलचित्रको छायाँकन आउँदो भदौ दोस्रो साताबाट सुरु हुने निर्माणपक्षले जनाएको छ । चलचित्रको काठमाडौंमा र पोखरामा छायाँकन गरिने कार्यक्रममा जानकारी गराइएको छि । फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा बन्न लागेको उक्त चलचित्र कथा सौरभ कार्कीले तयार पारेका हुन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायाँकन, रोशनराज थापाको संगीत रहने ‘आधा सुर’लाई केशव रानाले सम्पादन गर्ने भएका छन् । चलचित्रको लागि एक नायिका फाइनल हुन बाँकी रहेको निर्माणपक्षले जनाएको छ । जसको खोजी भइरहेको निर्देशक पौडेलले कार्यक्रममा बताए ।
निर्देशक पौडेलका अनुसार चलचित्रका लागि एक अभिनेत्रीको खोजी भइरहेको छ । उनले केही दिनमै मुख्य अभिनेत्रीको टुंगो लाग्ने बताए ।
पौडेलको यो डेब्यु फिचर फिल्म हो । ‘आधा सुर’लाई स्तरिय बनाउन कुनै कसुर नराख्ने उनले बताए । अभिनेत्री सरिताले चलचित्रमा आफ्नो भूमिका दर्शकलाई मनपर्ने बताइन् । उनले भनिन्, ‘आधा सुर’को मेरो भूमिका दर्शकले पक्कै रुचाउनेछन् । उनले आफैलाई पनि त्यो भूमिका मन परेको सुनाइन् ।



Comments