धनगढीमा पुग्यो ‘एञ्जल अन द फ्लोर’ फेसनमा झुम्दै शनिबार
screennepal
प्रकाशित: २०७६, २३ जेष्ठ बिहीबार
no img

सुदूरपश्चिमको धनगढीमा पहिलोपटक राष्ट्रियस्तरका मोडलहरु -याम्पमा उत्रँदैछन् । यो शनिबार अर्थात यही ८ जुनमा धनगढीस्थित साथी होटलमा ‘एञ्जल अन द फ्लोर’ नामक ग्राण्ड फेसन शो हुँदैछ । जहाँ काठमाडौं र स्थानीय परीहरु -याम्पमा देखिने भएका छन् ।
आरएनआर गु्रप काठमाडौंको आयोजना हुन गइरहेको ‘एञ्जल अन द फ्लोर’को मुख्य आर्कषण अहिलेकी चर्चित अधिनेत्री वर्षा सिवाकोटी हुनेछिन् । जो शोजटपरका रुपमा स्टेजमा देखिनेछिन् । हालैमात्र रिलिज भएको नेपाली फिल्म ‘जात्रै जात्रा’की अभिनेत्री वर्षा द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएकी छन् ।

सुदूरपश्चिमको धनगढीमा पहिलोपटक राष्ट्रियस्तरका मोडलहरु -याम्पमा उत्रँदैछन् । यो शनिबार अर्थात यही ८ जुनमा  धनगढीस्थित साथी होटलमा ‘एञ्जल अन द फ्लोर’ नामक ग्राण्ड फेसन शो हुँदैछ । जहाँ काठमाडौं र स्थानीय परीहरु -याम्पमा देखिने भएका छन् ।
 आरएनआर गु्रप काठमाडौंको आयोजना हुन गइरहेको ‘एञ्जल अन द फ्लोर’को मुख्य आर्कषण अहिलेकी चर्चित अधिनेत्री वर्षा सिवाकोटी हुनेछिन् । जो शोजटपरका रुपमा स्टेजमा देखिनेछिन् ।


कार्यक्रममा मोडलहरु द हाइल्याण्ड आर्ट, जुजु वेयर र वोचु जिन्सको पहिरनमा ¥याम्पमा प्रस्तुत हुने आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । मोडलहरुले द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङ लिम्बूले डिजाइन गरेको ‘ढाका कक्टेल’का अलावा जिन्स र जुजु वेयरले तयार पारेका आर्कषक पहिरनमा प्रस्तुत हुने छन् । मोडलहरु चर्चित कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा ¥याम्पमा प्रस्तुत हुन लागेका हुन् ।
स्थानीय सरकार प्रमुखको मुख्य आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रम शनिबार साँझ ७ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । आयोजकमा अनुसार उक्त कार्यक्रममा फेसनको मज्जासँगै अनलिमिटेड डिनर र कक्टेलको समेत व्यवस्था गरिएको छ । यो ‘एञ्जल अन द फ्लोर’को छैटौँ संस्करण हो ।

Comments