२९ जेठमा ‘यलम्बर सांस्कृतिक कार्यक्रम’, गीतकार भूपाल राईलाई सम्मान गरिँदै
screennepal
प्रकाशित: २०७६, २१ जेष्ठ मंगलवार
no img

काठमाडौं, २१ जेठ । किराती नव–साँस्कृतिक केन्द्रले यही २९ जेठमा राजधानीका जमलस्थित नाचघरमा ‘यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६’ आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला)को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाए ।
कार्यक्रममा नगद दुई लाख १० हजार राशिसहित बरिष्ठ गीतकार तथा कवि भूपाल राईलाई सम्मान प्रदान गरिने भएको छ । त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद ३० हजार राशिसहित बरिष्ठ गायक कुबेर राई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद २० हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा बरिष्ठ गायक शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुपकुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारको भव्य सांगीतिक प्रस्तुति रहने भएको छ ।

Comments