‘सोच’को फस्र्टलुक |२० भदौमा रिलिज हुँदै
screennepal
प्रकाशित: २०७६, २० जेष्ठ सोमबार
no img

एक्शन लभस्टोरी फिल्म सोचको फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्म भदौ २० गते प्रदर्शन हुदैछ ।
सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल,नीता, पुजनका साथमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेका सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउछन् । सोचलाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मिस्टर नेपाली’को आज औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ ।
नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ ।
यो चलचित्रमा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । चलचित्रमा नायक केसी दोहोरो चरित्रमा देखिदैछन् । उनका अनुसार, चलचित्रमा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् । यस्तै, चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।
चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।
चलचित्रमा लामो समयपछि देखिन लागेका नायक भूवन केसीले भने–‘मलाई सधै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक चलचित्रमा म खलपात्रको भूमिकामा देखिदैछु । यसैले नै काम गर्न लागेको हुँ ।’
नायिका रीमा विश्वकर्माले नायक भूवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको सुनाइन् ।
निर्देशक भुषालले भने–‘चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ । यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र हो । तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउनेछ ।’ चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।

००

‘तिम्रो आखाँको नानी भित्र…’ भन्दै आए डा. डीआर उपाध्याय (भिडियोसहित)
काठमाडौं,
गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आखाँको नानी भित्र लुक्न देऊ मलाई…’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको सङ्गीत र सन्तोष लामा अनि बानिका प्रधानको स्वर रहेको गीत ‘तिम्रो आखाँको नानी भित्र…’को भिडियो सार्वजनिक भएको हो ।
शुभाष प्रधानले निर्देशन अनि राज महर्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा विनु शाक्य र पुस्कर ढुंगानालाई फिचरिङ गरिएको छ ।
प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
डा. डी आर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । डा. डीआरलाई जेठ पाँच एक विशेष समारोहमा पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ । उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् ।
डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

००
स्कुल डान्स च्याम्पियनशिपको अडिसन सुरु
काठमाण्डौं । जेष्ठ १८ गते बाट तेजस्वी कला केन्द्र एण्ड मिडियाद्वारा आयोजित स्कुल डान्स च्याम्पियनशिप २०७६ सिजन २, को अडिसन सुरु भएको छ । कार्यक्रममा चर्चित मोडेल तथा डान्सर मुस्कान सिंह ठकुरी, कोरियोग्राफर निराजन श्रेष्ठ, गायक सुमन कुमार श्रेष्ठ लगयतका चर्चित हस्तीहरुले मुख्य निर्णयकको भूमिका निर्वाह गर्नु हुने भएको छ । केही महिना अगाडि सुरु गर्ने भनिएता पनि आन्तरिक कारणले यो कार्यक्रम ढिला सुरु भएको आयोजक पक्षले जनाएको छ । बिशेषगरी काठमाण्डौको दक्षिणी भेगको बिधालयको विधार्थी भाईबहिनीहरुको चौतर्फी बिकासलाई लक्षित यो कार्यक्रममा डान्स लगायतका विबिध पक्षको ट्रेनिङ दिईने कुरा आयोजकले बताएका छन ।
कार्यक्रमलाई कलेज अफ सेन्ट्रल स्टेट, सोल्टी मोड, बाबा एडुकेशनल कन्सल्टेन्सी, किर्तिपुर नगरपालिका, गोलाइफ टिभी, एन्जीओ तथा बिभिन्न बिधालयको सहयोगमा रहने छ ।

Comments