‘मिस नेशनल आइकन’मा १६ प्रतियोगी, कसले जित्ला कार ?
screennepal
प्रकाशित: २०७५, २६ चैत्र मंगलवार
no img

पहिलो संस्करणको प्रतियोगितामै विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसन सुरु भएको छ । यस प्रतियोगिताको टाइटल स्पोन्सर ड्याट्सन कारले गरेको हो ।
यसपटक पनि विजेताले २६ लाख रुपैयाँ बराबरको ड्याट्सन कार पाउनेछिन् । जसका लागि अब १६ प्रतिस्पर्धीको भिडन्त हुने भएको छ । राजधानीमा एक कार्यक्रमबीच ‘मिस नेशनल आइकन–२०१९’को पहिलो अडिसशनमा सम्पन्न भएको छ । जसबाट १६ प्रतियोगी छनोट भएका छन् ।
ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यस संस्करणको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक थिए ।
निर्णायक मण्डलले छनोट गरेका प्रतियोगीहरुलाई अब करिब एक महिना कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, खेलकुदसहित विभिन्न आत्मविकासबारे एक महिने प्रशिक्षण दिनेछन् । त्यसपछि प्रतियोगीहरु फाइनलमा भिड्नेछन् ।
आयोजक संस्था ब्राइट ईन्टरटेन्मेन्टका अध्यक्ष तथा संगीकार समेत रहेका राईका अनुसार यसपटक पहिलो संस्करणमा भन्दा आकर्षक पुरस्कार राखिएका छ ।
अध्यक्ष राईले भने, ‘यो प्रतियोगिता यस्तो हो, जो अरुभन्दा विभन्न छ ।’ अरुले प्रतियोगिताको टाइटलमात्र भिराउने गरेको भन्दै उनले भने, ‘मिस नेशनल आइकन’ विजेताले कार पुरस्कारसहित प्लेटफर्म पनि पाउँछ ।’ उनका अनुसार फस्टर रनरअप र सेकेण्ड रनरअपले क्रमश स्कुटी र नगद ५० हजार पाउनेछन् ।
यसपटक सम्बृद्धि कार्की, कल्पना राई, नेहा मिश्र, आकांक्षा श्रेष्ठ, सोफी लिम्बू, मञ्जना राई, पुजा घले, देविका राई, स्नेहा कार्की, रञ्जना राई, देवी मगर, अनिशा राई, मुनाकुमारी राई, इलिना थापा मगर, रोजिना लामा, समिया मगर र ऐश्वर्या राईले ‘मिस नेशनल आइकन’ बन्नका लागि प्रतिस्पर्धा गर्दैछन् ।

Comments