‘जानी नजानी’ पोष्टर सार्वजनिक
screennepal
प्रकाशित: २०७५, ७ फाल्गुन मंगलवार
no img

चलचित्र ’जानी नजानी’ को चरिचबारे जानकारी गराउने उदेश्यले ‘क्यारेक्टर पोस्टर’ सार्वजानिक गरिएको छ । १ चैत्रबाट सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रका अभिनेता मनिष श्रेष्ठ, अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता सन्नी सिंहसँगै डेब्यु अभिनेत्री निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याउने पोष्टर सार्वजनिक गरिएको हो ।
फिल्ममा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी रहेको फिल्म यी चारकै वरपर घुमेको छ । निर्माण टिमले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
फिल्ममा यी चरित्रहरु ढाकासँग जोडिएकाले पोस्टरमा नामसँग ढाकालाई महत्व दिईएको यसका निर्देशक बसन्त अधिकारीले बताएका छन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।
आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । जसमा छायाँकन संजय लामाको, संगीत अर्जुन पोखरेलको, कोरियोग्राफी कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको, सम्पादन अर्जुन जिसीको छ ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । जानी नजानी मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘फिल्मले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ केसीले भनिन्,‘फिल्म मेकिङमा कुनै सम्झौता गरेका छैनौ ।’ निर्माता केसीले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन ।

Comments