युएईमा उधौली : घन्कियो डोल र झ्याम्टा
screennepal
प्रकाशित: २०७५, १५ पुष आईतवार
no img

विभिन्न रोजगारी तथा कामको सिलसिलामा युएईमा बस्दै आएका नेपाली एवं किरातीहरुले पनि आफ्नो महान चाड उधौली (साकेला) मनाएका छन् । युएईको अबुधाबीस्थित मुसाफा पार्कमा एक भव्य समारोहबीच उनीहरुले उधौली चाड मनाएका हुन् ।
नेपालमा उधौली साकेलाको रौनक छाइरहेका बेला युएईमा गएको २८ डिसेम्बरमा विभिन्न कार्यक्रम गरी उधौली चाड मनाएको त्यहाँबाट मोडल तथा सञ्चारकर्मी विजयलक्ष्मी राईले बताइन् । उधौलीलाई किरातीहरुले महान चाडका रुपमा लिने गर्छन् ।


नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ रेन्जी शेर्पा बिशेष अथितिका रुपमा रहेका थिए । साथै कार्यक्रममा नेपाली समाज युएई र नेपाली समाज युएई तथा नेपाली विश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकाललगायतका व्यक्तित्वको सहभागिता रहेको थियो ।
किरात राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजना रहेको कार्यक्रममा सुनुवार सेवा समाज युएईको उपाध्यक्ष मनकुमारी सुनुवारले आगन्तुक पाहुनालाई स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले उधोली तथा साकेला किराँतीहरुको मात्र चाड नभएर सम्पूर्ण नेपालीको चाड भन्दै शुभकामना दिएका थिए ।


त्यस्तै, कार्यक्रममा नेपाल जनजाती महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाले पनि उधौली चाडलाई आम नेपालीको पर्व भएको भन्दै आफ्नो संस्कार र संस्कृतिलाई जोगाइराख्नु पर्नेैमा जोड दिए ।
त्यस्तै, किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष तथा कार्यक्रमको सभापति चन्द्रकला साम्पङले भुमे पुजाको घोषण गरेपछि उधौली चाडको बारेमा प्रष्टाएकी थिइन् । कार्यक्रममा किरातीहरुको परम्परागत नृत्य साकेला शिली नाचेर दर्शक तथा आमन्त्रित पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा आफ्नो सस्थाप्रति योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको थियो ।

Comments