मेक्सिकोकी सुन्दरी भइन् ‘मिस वल्र्ड’
screennepal
प्रकाशित: २०७५, २२ मंसिर शनिबार
no img

६८औँ ‘मिस वल्र्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेशा पोन्स डी लिअनले जितेकी छन् । प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन् ।
चीनको सान्यामा शनिबार बेलुकी आयोजित ‘मिस वल्र्ड–२०१८’मा ११७ राष्ट्रका सुन्दरीहरुलाई उछिन्दै यस वर्षको ‘मिस वल्र्ड’को उपाधि चुमेकी भेनेसा गत वर्षकी ‘मिस वल्र्ड’ मनुषी छिल्लरले ताज पहिराइदिएकी थिइन् ।


रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन् । टप पाइभका लागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए ।
मिस नेपाल शृङखला पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ पुगेकी थिइन् । दोस्रो चरणमा १२ मध्ये पा“च छानिएकी हुन् ।

शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी छन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन् । गएको आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन् ।
मिस वल्र्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको थियो । विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए । गएको सोमबार सा“झ नै मल्टिमिडिया अवार्डको पनि घोषणा भएको थियो । नेपालकी शृंखलालाई यो विधामा भने सुरुदेखि नै दाबेदार मानि“दै आएको थियो ।

सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बा“की प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् । (एजेन्सीको सहयोगमा)

Comments