साताव्यापी ‘अन्तराष्ट्रिय नाट्य महोत्सव’ हुने
screennepal
प्रकाशित: २०७५, १६ मंसिर आईतवार
no img

काठमाडौंका सक्रिय आठ ओटा नाट्य संस्था मिलेर ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब–२०७५’ आयोजना गर्ने भएका छन् । राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाटमा महोत्सवबारे जानकारी गराइएको हो ।
महोत्सव आगामी १३ फागुनदेखि २० फागुनसम्म आयोजना गरिने आयोजक टिमका घिमिरे युबराजले जानकारी गराए । उनका अनुसार महोत्सवको उद्घाटन समारोहमा मुलुकका १० जना अग्रज नाट्यकर्मीलाई जनही १० हजार रुपैयाँसहित नाट्य योगदान सम्मानबाट सम्मानित गरिने छ ।
महोत्सवको मुख्य आयोजक समुहमा नाट्यकर्मी अनुप बराल, कवि गीतकार बिप्लव प्रतिक, नाट्यकर्मीहरु बिमल सुवेदी, चित्रकार अस्मिता रञ्जित र जीआईजेडबाट माईकल थोनहाउजर छन् ।


आठ ओटा नाट्य संस्थाबाट नाटक आयोजकमा राजकुमार पुडासैनी, राज शाह, केदार श्रेष्ठ, पवित्रा खड्का, आकाँक्षा कार्की, बिजय बराललगायत छन् । महोत्सबमा नाटक सहभागिताको लागि यही १५ मँसिरबाट आगामी १६ पुषसम्म नाटकको आलेख र अभ्यासको भिडियो पठाईसक्नु पर्ने आयोजक पक्षले जनाएको छ ।
महोत्सब संयोजक सोमनाथ खनालका अनुसार ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब–२०७५’मा नेपालका करिब २० ओटा र बिदेशका करिब १० गरी ३० ओटासम्म नाटक मञ्चन गरिनेछ । नाटक अभ्यास र तयारीका लागि एकल कलाकार भएको नाटकलाई ५० हजार रुपैयाँ र बहुलकलाकार भएको नाटकलाई एक लाख रुपैयाँ प्रदान गरिने छ ।
महोत्सब निर्देशक राजन खतिवडाले नीजि नाट्य संस्थाबाट पनि अन्तराष्ट्रिय स्तारको महोत्सब गर्न सकिन्छ भन्ने उदेश्यले आफुहरु आठ नाट्य संस्था मिलेर महोत्सब गर्न लागेको बताएका छन् ।
खतिवडाका अनुसार यो महोत्सब काठमाडौंको अनामनगर स्थित मण्डला थिएटर, बत्तिसपुतली स्थित गोठाले नाटकघर (शिल्पी थिएटर), कालिकास्थान स्थित सर्वनाम थिएटर, टेकु स्थित कौशी थिएटर र कर्तिपुर स्थित थिएटर मलमा हुनेछ । यी पाँच नाट्य संस्था सहित कथा घर, एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरले सँयुक्त रुपमा महोत्सब आयोजना गर्न लागेको हो ।
महोत्सब निर्देशक राजन खतिवडाको अनुसार करिब दुई करोडको बजेटमा यो महोत्सब सम्पन्न हुँदैछ । जस मध्य एक करोडबारबर आयोजक संस्थाले स्थल र श्रमदान गर्नेछ । बाँकी एक करोडको सहयोग जीआईजेडको नागरिक शान्ति कार्यक्रम सहित विभिन्न सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रबाट सहयोग लिइने पनि खतिवडाले जानकारी गराए ।

Comments