एक गोठालेको प्रेमकथा ‘सायबुङ’
screennepal
प्रकाशित: २०७५, २७ कार्तिक मंगलवार
no img

किरात राई संस्कृतिमा आधारित नेपाली फिल्म ‘सायाबुङ’ सबै वर्गका दर्शकले हेर्न पाउने भएका छन् । यस फिल्मलाई केन्द्रीय चलचित्र जाँचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेको छ ।
द पाल्म ग्रुप प्रालिको ब्यानरमा साया राईको लगानी र भगिराज राईको निर्देशनमा निर्माण भएको ‘सायाबुङ’ नेपालको सुदुरपुर्वी भू–भागमा सदियौ“बाट बसोबास गर्दै आएका किरात समुदायलाई समेटेर निर्माण गरिएको फिल्म हो । यस फिल्ममा राई जातिको भाषा, धर्म, संस्कार र संस्कृतिलाई चित्रण गरिएको छ । निर्देशक राईका अनुसार फिल्ममा उच्चपहाडी भेगमा बसोवास गरी गोठाले जीवन बिताइरहेका एक टुहुरो लिम्बू केटा’ मिराक’ र गोठ मालिकको छोरी’ सुम्निमा’बिचको अन्तरजातिय प्रेम सम्बन्धलाई समेटिएको छ ।
सानै उमेरमा अफ्नो अविभावक गुमाउँदाको पीडा, अर्काको गोठमा गोठालो बस्नुको बाध्यता र गोठालो बसेर काम गर्दै जाने क्रममा गोठ मालिक ‘बाङा’को भतिजी छोरी ‘सुम्निमा’स“ग कसरी प्रेम बस्छ र बिच–बिचमा आउने आरोह अवरोहलाई मिराकले कसरी सामना गर्छ भन्ने कुरालाई फिल्ममा प्रस्तुत गरिएको छ ।
फिल्ममा सौजन्य सुब्बा, साया राई, सगुन सुसारा, निशा राई र राहुल बोगीको राईलगायतका कलाकारको मुख्य अभिनय रहेको छ । यस फिल्म्मा दीपक लिम्बु, रजिना रिमाल, दीपा लामा र उदय नेम्बाङको स्वर रहेको छ भने भगिराज राई र उदय नेम्बाङको शब्द रहेको छ । फिल्ममा भक्त सुनुवार र उदय नेम्बाङको संगीत रहेको छ ।
यो फिल्म नेपाललगायत विभिन्न देशहरुमा पनि प्रर्दशन गर्ने तयारी रहेको निर्मात्री साया राईले बताएकी छन् ।

Comments