चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको मृत्य
screennepal
प्रकाशित: २०७५, २३ आश्विन मंगलवार
no img

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा मंगलबार निधन भएको छ ।
टिकाथलीस्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारका लागि बिएन्डबी अस्पातल लैजाने क्रममा बाटोमै निधन प्रहरीले जनाएको ।  बिएन्डबि अस्पातलमा खटिएका प्रहरीका अनुसार उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएका छन् । उनको अवस्था खतरा मुक्त रहेको जनाइएको छ । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । उनले केही चलचित्र पनि निर्माण गरेका थिए ।

Comments