दशैंमा आउंदै पूर्ण लिम्बु र मेलिना राईको स्वरमा सजिएको “कति राम्रो”, भिडियोको छायांकन सम्पन्न
screennepal
प्रकाशित: २०७५, १९ आश्विन शुक्रबार
no img

स्क्रीननेपाल डटकम :
पूर्ण लिम्बु यो नाम आफैमा निकै प्रभावशाली छ जसको आफ्नै गन्तव्य र लक्ष्य रहेको छ | यो नाम समाजसेवाको क्षेत्रमा निकै अगाडी छ भने गीत संगीतमा पनि बिस्तारै माथि आउने क्रममा रहेको छ | गीत संगीतलाई फरक ढंगले सोच्न सक्ने क्षेमता भएर नै होला उनले प्रयास र परिक्षण समेत नेपाली सांगीतिक क्षेत्रमा गरिसके | धेरै गीत बजारमा उनले लिएर आईसके भने उनको हरेक गीत समाजसेवा संग सम्बधित रहेको हुन्छ | यस्तै उनको गीतमा मार्मिक भाव संगै अन्य धेरै कुराको मिश्रण हुन्छ जसले हरेक व्यक्तिलाई केहि संदेश प्रवाह गरिरहेको हुन्छ | उनको यहि स्वभाव र क्षेमताको कारण आज धेरैको माझमा उनको फरक परिचय रहेको छ |


निकै साधारण र शालीन यी व्यक्ति पूर्ण लिम्बु निकै लामो समय देखि समाज सुधारको काममा लागिरहेका छन् भने नेपाली सांगीतिक क्षेत्रमा पनि आफ्नै हिसाबले अगाडी बढिरहेका छन् | उनको काम गर्ने शैली र सफलताको कारण नै होला उनलाई सबैले यति बेला समाजसेवी गायकको रुपमा चिन्ने गर्दछन् | केहि समय अगाडी मात्र उनले हरितालिका तीजको अवसर पारेर वृद्ध अवस्थाका आमाहरुलाई खाना खुवाएर आफ्नो “आमा” बोलको निकै मर्मशील गीत बजारमा लिएर आएका थिए | आमाको माया र स्नेह र आमा नहुनुको आभास यो गीतको प्रमुख भाव हो जसले धेरैको मन छोयो पनि | उनको गीतमा फरकपन हुने गर्दछ |


यस्तै उनले यसपटक भने आफ्नो प्याटर्न अलिकति बदलेका छन् | यसको अर्थ हो सधै मार्मिक गीत बजारमा लिएर आउने उनले यसपटक भने मनोरन्जनात्मक गीत लिएर आउदैछन् | प्रेमभाव पोख्ने सुन्दर शब्द संगीतमा पूर्वेली भाकामा तयार गरिएको “कति राम्रो” बोलको उनको गीत अब रिलिजको संघारमा रहेको छ | उनले दिएको जानकारी अनुसार यहि दशैँको अवसर पारेर यो गीत रिलिज हुनेछ | यसपटकको उनको गीतमा सबै कुरामा दर्शक श्रोताले परिवर्तन पाउनुहुनेछ | भन्दा त यो गीतलाई लोक भाका भन्दा हुन्छ तर यसको बनोट भने चलचित्रको गीत भन्दा कम छैन | यसको भिडियो पनि निकै आकर्षण बनेको छ |


केहि दिन अगाडी मात्र काठमाडौँ भित्र नै यस गीतको भब्य तरिकाले छायांकन गरियो | नेपाली चलचित्र क्षेत्रमा जमेका २ कलाकार वर्षा शिवाकोटी र आकाश श्रेष्ठको यस गीतको भिडियोमा अभिनय रहेको छ | कविराज गहतराज जसको यति बेला नेपाली चलचित्र जगतमा आफ्नै नाम छ उनको नृत्य निर्देशन यस भिडियोमा रहेको छ | यस्तै विशेष कुरा अहिलेका सर्वाधिक चर्चामा रहेका निर्देशक तथा निर्माता मिलन चाम्सको निर्देशन यस गीतको भिडियोमा रहेको छ | उनले फिल्मी कन्सेप्टमा यस गीतको भिडियोलाई निर्देशन गरेका छन् | छायांकनको केहि तस्बिरहरु समेत सार्वजनिक गरिएको छ जुन निकै रंगिन देखिएको छ |

सम्भवत मिलन चाम्सको अर्को हिट ब्लक्बस्टर यो भिडियो हुन सक्छ | यो सबै कुरा सुनिरहँदा धेरै दर्शक श्रोताको मनमा जिज्ञासा र उत्सुकता समेत सुरु भईसकेको होला तर अब दर्शक श्रोताले धेरै समयको प्रतिक्षा भने गर्नुपर्ने छैन | यता मिलन चाम्सले भने आफुले नया सोच राखेर दर्शकहरुको इच्छालाई मध्य नजर गरेर नै यो भिडियो निर्देशन गरेको र अवश्य पनि सबैको मन यसले खुशी पार्ने विश्वास ब्यक्त गरेका छन् | यस्तै गायक पूर्ण लिम्बुले आफ्नो सबै प्रस्तुति मनपराईदिनुभएकोमा सबै दर्शक श्रोतालाई धन्यवाद दिएका छन् | यस्तै उनले यस गीतले पनि कसैलाई निराश नपार्ने उनको भनाई रहेको छ |

आफ्नो यस गीतलाई हेरेर सुनेर सहि ढंगले मुल्यांकन गरी प्रतिक्रिया र सल्लहा सुझाब समेत दिनुहुन समेत उनले सबै देशमा तथा विदेशमा रहनु भएका दर्शक श्रोतालाई आग्रह गरेका छन् | उनको यस गीतमा प्रेम बजगाईंको शब्द र संगीत र शिला मोक्तानको अरेन्ज रहेको छ | यस्तै गीतमा पूर्ण लिम्बु र मेलिना राईको सुमधुर समावेश रहेको छ | गीतले पूर्वको संस्कृतिलाई झल्काएको छ जुन कि सार्वजनिक भिडियो छायांकनको तस्बिरमा पनि देख्न सकिन्छ |

हेर्नुस उनको पछिल्लो गीत :

Comments