प्रदीप र जसिताको ‘लभ स्टेशन’ दार्जिलिङ
screennepal
प्रकाशित: २०७५, ८ आश्विन सोमबार
no img

अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने फिल्म ‘लभ स्टेशन’को सोमबार शुभमुहुर्त गरिएको छ । फिल्मको छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुने जनाइएको छ । त्यसका लागि फिल्म युनिट मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् । फिल्मकी नायिका भने बुधबार मात्र जाने निर्माता गोविन्द शाहीले बताए ।
उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा ‘लभ स्टेशन’को सम्पूर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुने जनाइएको छ । ५० दिनको छायांकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ ।
निर्माणपक्षका अनुसार यो पारिवारिक प्रेमकथामा आधारित छ ‘लिलिविली’मा प्रदीप र जसिताको जोडीलाई दर्शकले रुचाएका थिए । आफ्नो जोडी र सिनेमाको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए ।
आलोक शुक्लाको छायांकन रहने ‘लभ स्टेशन’मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । फिल्मा दार्जिलिङका उमेश थापा लाइनप्रोड्युसर रहेका छन् ।

Comments