को हुन् साम्राज्ञीलाई मायाको चिनो दिने युवती ?
screennepal
प्रकाशित: २०७५, २४ भाद्र आईतवार
no img

पछिल्लो समय नेपाली कलाकारका पनि खाल–खालका फ्यान भेटिन थालेका छन् । हाल रिलिज भइरहेको फिल्म ‘रोज’का हिरो प्रदीप खड्कालाई देखेर केही दिनअघि गंगबूमा उनका युवती फ्यान बेहोस् भएका थिए भने युवाले नजिकबाट भेट्न नपाउँदा प्रहरीमाथि जाइलागेका थिए ।
यस्तै, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका फ्यान भने मायाको चिनो नै बोकेर आए । साम्राज्ञी यतिखेर आफ्नो पछिल्लो फिल्म ‘इन्टुमिन्टु लण्डनमा’को प्रचारमा छिन् । यो फिल्मको टिम अहिले मोफसलको प्रचारप्रसारमा केन्द्रित छ ।
यसैक्रममा शुक्रबार फिल्म टिमसँगै अभिनेत्री साम्राज्ञी पुर्वको व्यस्त सहर इटहरी पुगेकी थिइन् । जहाँ साम्राज्ञीको यस्ता फ्यान भेटिए । जसले साम्राज्ञी र टिमका लागि उपहार नै बोकेर आएकी थिइन् ।


इटहरीमा आयोजित कार्यक्रममा साम्राज्ञी पत्रकारसँग सात्क्षार गर्दा गर्दै उनकी फ्यान मायाको चिनोसहित झुलिक्यन् । साम्राज्ञीको डाइहार्ट फ्यान हुन् पेस्को मेकअप स्टुडियोकी सञ्चालिका मनिता तामाङ । उनले साम्राज्ञीलाइ अंकमाल गर्दै खुसीको आँशु झारिन् । त्यसपछि फिल्मका टिमलाई खादा ओढाउँदै उनले साम्राज्ञीलाई मायाको चिनो दिइन् ।
छायांकनदेखि नै चर्चामा रहको फिल्म ‘इण्टुमिण्टु लण्डनमा’ आउँदो ५ असोजमा देशव्यापी प्रदर्शनमा आउँदै छ । फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक धिरज मगर, निर्देशक रेनाशा बान्तवा राईका अलावा गायक÷गायिका अहिले प्रचारमा जुटेका छन् । यो फिल्म रेनाशाको डेब्यु निर्देशन हो । उनले फिल्मको अधिकांश छायांकन लण्डनमै गरिएको बताउँदै भनिन्, ‘इन्टुमिन्टु लण्डनमा दर्शकले मन पराउने कुरामा विस्वस्त छु ।’

Comments