मन्दिरमा भेटिए ! अनमोललाई छोरी भिडाउँदै झरना
screennepal
प्रकाशित: २०७५, १७ भाद्र आईतवार
no img

अभिनेत्री हुँदै निर्देशक बनेकी झरना थापाले फिल्म ‘ए मेरो हजुर–३’ सुरु गरेकी छन् । उक्त फिल्मको शनिबार पोखराको विन्दाबासिनी मन्दिरमा शुभसाइत गरिएको छ ।
‘ए मेरो हजुर–२’ सफल भएपछि निर्देशनमा हौसिएकी भरनाले यसपटक आफ्नो फिल्ममा पछिल्लो समयका चर्चित अभिनेता अनमोल केसीले तथा आफ्नै छोरी सुहाना थापालाई मुख्य भूमिकामा प्रस्तुत गर्दैछिन् ।
फिल्मको शुभ–मुर्हुतमा अनमोल र सुहानाले मुहूर्त सट दिएका थिए । सुनिलकुमार थापाको निर्माणमा बन्न लागेको यस फिल्मको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले बताइन् ।
यो फिल्म सुहाना डेब्यु हो । उनी फिल्मबाट उत्साहित देखिएकी छन् । ‘ए मेरो हजुर–३’को फ्लोरमा जानुअगावै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आउ“दा २९ चैतमा रिलिज निर्देशक झरनाले बतइन् ।
रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ आफैंमा एक ब्रान्ड बनिसकेको छ । गएको वर्ष प्रदर्शनमा आएको यो फिल्मको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ लिड रोलमा थिए । फिल्मले व्यापारिक रुपमा सफलता पाएको थियो । त्यसपछि नै झरना तेस्रो सिरिज निर्माणमा कसेकी हुन् ।

Comments