दिलाशालाई ‘मिस नेपाल युएसए’को उपाधि
screennepal
प्रकाशित: २०७५, ६ भाद्र बुधबार
no img

डलास– छैटौँ ‘मिस नेपाल युएसए–२०१८’को ताज अमेरिकाको नेब्रास्का निवासी २४ बर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्डसमेत हात पारिन् ।
टेक्सस सहरमा १९ अगस्टमा सम्पन्न प्रतियोगितामा फस्ट रनरअप टेक्सासकी २२ वर्षीया पोशा घर्तीमगर चु“निएकीछन् भने सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्र्षीया कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटी, मिस कल्चर र मिस फ्रेन्डली विधा पनि हात पारिन् ।


प्रतियोगीतामा टेक्सासमा बस्दै आएकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दुत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्स अवार्ड पनि चुमिन् ।
यसैगीर अदिती श्रेष्ठ मिस डिस्प्लिन, निलिया गुरुङ मिस फोटोजेनिक, विना श्रेष्ठ मिस क्याटवाक, स्वीकृति भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे ।
सन् २०११ देखि अमेरिकाको न्युयोर्क सहरबाट सुरु भएको प्रतियोगिता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली इन्टरप्रेनर अमित शाह हुन् । टेक्ससको डलास नजिकको सहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगितामा नेपाली समाज टेक्सास र नेपाल पर्यटन बोर्डको समेत सहभागिता थियो ।
पूर्वमिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठलगायतको प्रशिक्षकबाट विभिन्न प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्बेवारी मञ्जु दुलाल सापकोटाले गरेकी थिइन् ।

Comments