रोजीको ‘फूल होइन’ (यस्तो छ भिडियो)
screennepal
प्रकाशित: २०७५, २१ श्रावण सोमबार
no img

नेपाली फिल्म ‘रोजी’को अफिसियल गीत सार्वजनिक भएको छ । ‘फूल होइन’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ ।
अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा रहेको यस फिल्मको गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिस कार्कीले संगीत गरेका छन् । गीतको भिडियोमा प्रदीप र अभिनेत्री मिरुना मगरलाई फिचरिङ गरिएको छ ।
टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको उक्त गीतको भिडियोमा प्रदीप नयाँ गेटअप फरक देखिएका छन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको लोकेशन र छायांकन पक्ष निकै सुन्दर छ । महँगो पारिश्रमिक लिएर ‘रोजी’मा अनुबन्ध भएका प्रदीपले यसमा क्रिमिनलको भूमिका निर्वाह गरेका छन् ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा प्रदीप र मिरनाका आलवा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ । उद्धव पौडेल यसका प्रस्तुतकर्ता हुन् ।
आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’लाई राजुविक्रम थापाले खिचेका हुन् । केदार भुषालको कथामा तयार भएको फिल्मको सम्पादनको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन् । यस फिल्मका निर्देशन निरक पौडेलले गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको ‘रोजी’मा कविराज गहतराज र रिशव टोट्लानीको कोरियोग्राफी रहेको छ । यो फिल्म आउँदो २२ भाद्रमा रिलिज हुँदैछ ।

 

Comments