उरुशा बनिन् ‘मिस ग्राण्ड नेपाल’
screennepal
प्रकाशित: २०७५, २१ श्रावण सोमबार
no img

सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको ‘मिस ग्राण्ड नेपाल–२०१८’को फाइनल प्रतिस्पर्धामा उरुशा जोशीले उपाधि जित्न सफल भएकी छन् ।
‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु हुन्छ होला र किन ?’ भन्ने निर्णायक प्रश्नको उत्कृष्ट उत्तर दिएर उरुशाले मिस ग्राण्ड नेपाल २०१८ ताज पहिरिन सफल भएकी हुन् । उनलाई यस अघिका विजेता जिनश लामाले विजेताका ताज पहिराइ दिएकी थिइन् ।
उरुशाले विजेताका रुपमा नगद पुरस्कार रु पचास हजार, सुजुकीको स्कुटर तथा म्यानमारमा संचालन हुने मिस ग्राण्ड इन्टरनेसनल २०१८ का नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् । उरुशाले वेष्ट वाकको उपाधि पनि जित्न सफल भइन् ।
प्रतियोगितामा वेष्ट पर्सनालिटीको अवार्ड सहित इक्सा मादेन फस्ट रनर अप तथा वेष्ट ट्यालेन्ट र फोटोजेनिकको अवार्ड सहित रिया गैरे सेकेन्ड रनर अप विजेता चयन भएका थिए । इक्सा र रियाले क्रमशः तीस हजार तथा बीस हजार नगद पुरस्कार प्राप्त गरे । फेसन डिजाइनर उत्तम बनेपालीले तयार पारेका पहिरनहरुमा सजिएका मिस ग्राण्ड नेपाल २०१८ का प्रतिस्पर्धीहरुले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत आफ्नो प्रस्तुति दिएका थिए ।
आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा सुष्मिता तामाङ वेष्ट फिगर तथा वेष्ट स्पिच, संजिता रानाभाट मल्टिमिडिया तथा सारा कपालीले वेष्ट रिपोर्ट राइटिङको अवार्ड जित्न सफल भएका थिए ।

 

Comments