यी हुन् ‘प्रेमचरी’
screennepal
प्रकाशित: २०७५, १९ श्रावण शनिबार
no img

फिल्म ‘प्रेमचरी’ बन्ने भएको छ । बिचल किरातीको निर्देशनमा बन्न लागेको यस फिल्ममा चन्द्र भट्टराईको कथा रहेको छ । एसबिआर फिल्म्स र आई स्टार इन्टरनेसनल फिल्मको ब्यानरमा सञ्जयश्री र मोनिकाकुमारी ठाकुरले फिल्ममा लगानी गर्दैछन् ।
प्रेम कथामा बन्न लागेको यस फिल्ममा प्रेम कथासँगै एक्शन पनि रहने निर्देशक किरातीले बताएका छन् । यस फिल्ममा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना ओली, सञ्जयश्री र मनमोहन ठाकुर प्रमुख भूमिकामा रहने बताइएको छ ।
कलाकार सञ्जयश्री र मनमोहन ठाकुरले यसअघि केही भोजपुरी फिल्म निर्माण एवं अभिनय गरिसकेका छन् । फिल्म ‘प्रेमचरी’ ६० लाख बजेटमा निर्माण गरिने निर्माता सञ्जयले बताए । नेपालको विभिन्न स्थानमा छायांकन गरिने यस फिल्ममा संगीत ओम सुनारको रहने भएको छ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहने भएको छ । यो फिल्म १ भदौबाट फ्लोरमा जाने बताइएको छ ।

 

Comments