‘मिस्टर भर्जिन’मा आखिर के छ ? (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७५, १५ श्रावण मंगलवार
no img

तीन युवाको यौन मनोविज्ञान उनिएको फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट १० सेकेन्ड लामो ट्रेलरलाई सार्वजनिक कार्यक्रममा उपस्थित कलाकार र पत्रकारले रुचाए । यसअघि नै फिल्मको टिजर र दुई गीत ‘टुल्कि’ र ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीतले रिलिज भइसकेको छ । ती गीतले प्रतिक्रिया पनि राम्रै पाइरहेको निर्माणपक्षले जनाएको छ ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशकले केही पृथक बिषयमा काम गरेकाले दर्शक हलसम्म आउनेमा ढुक्क रहेको बताए । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतका कलाकारको अभिनय छ ।
यस फिल्मको कथा तथा पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीले लेखेका हुन् भने संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको संगीत रहेको छ ।

‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सहनिर्मातामा सन्दीप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । यो फिल्म १ भदौमा प्रर्दशनमा आउने बताइएको छ ।

Comments