अमेरिकन गायकसँग गोवामा प्रियंकाको रोमान्स (फोटो सार्वजनिक)
screennepal
प्रकाशित: २०७५, १२ असार मंगलवार
no img

बलिउड अभिनेत्री प्रियंका चोपडा एकपटक फेरि रोमान्सको विषयमा चर्चामा आएकी छन् । यी अभिनेत्री अमेरिकन प्रसिद्ध गायक तथा अभिनेता निक जोनाशसँग गोवामा रोमान्स गरिरहेको बलिउडमा चर्चा छ ।
त्यसो त केही समययता प्रियंकाको नाम उनै निकसँग जोडिदैँ आएको छ । गोवा रोमान्सले उनीहरुलाई थप चर्चामा ल्याएको हो ।
भारतीय मिडियाले जनाएअनुसार निक केही दिनयता भारतमा छन् । भारतमा निकले प्रियंकासँगै समय विताइरहेका छन् । निकलाई प्रियंकाले आफ्ना परिवारसँग पनि भेटाएका छन् । भनिन्छ, निकसँग प्रियंकाकी आमा मधु चोपडाले पनि भेटिन् । उनीहरुबीच कुराकानी समेत भएको छ ।


निकलाई प्रियंकाले नै गोवा घुमाउन लगेकी हुन् । प्रियंका र निक गोवामा खुबै रमाइरहेको बताइन्छ । जहाँ प्रियंकाले आफ्ना परिवार साथमा छन् । केही भारतीय मिडियाका अनुसार प्रियंका र निक अहिले गोवामै छन् । प्रियंकासँग उनकी बहिनी परिणीति चोपडा पनि छिन् ।
प्रियंकाले आफ्नो इन्स्ट्रामा केही तस्बिर सेयर गरेकी छन् । एक तस्बिरमा प्रियंका, निक जोनाश र परिणीति डिनर गरिरहेको देखिन्छन् । उक्त तस्बिरसँगै प्रियंकाले एक भिडियो पनि सेयर गरेकी छन् । जसमा प्रियंका र परिणीति इन्जोय मुडमा देखिन्छन् । भिडियोमा उनीहरुले फिल्म ‘मोहरा’को चर्चित गीत ‘टिप टिप वर्षा पानी’ गाइरहेका छन् ।


एक अर्को समाचार अनुसार निक र प्रियंका मुम्बईको बान्द्रास्थित एक रेष्टुरेण्टमा गएका थिए । ती फोटो पनि सामाजिक सञ्जालबाट बाहिरिएको छ । प्रियंका चोपडा शुक्रबार राति अबेरसम्म मुम्बईमा रहेकोे बताइएको छ ।
प्रियंका अमेरिका आवत–जावत गरिरहन्छिन् । उनी अमेरिकामा आफ्नो टिभी शो ‘क्वान्टि’का लागि केही समयअघि मात्र गएकी थिइन् । यसपटक भने प्रियंका निसँगै छिन् । प्रियंका र निकको रिलेशनशिपबारे बारम्बार चर्चा हुँदै आएको छ । निक अमेरिकामा चर्चित गायक हुन् र तर, पछिल्लो समय उनको प्रियंकासँग घनिष्टता छ ।
प्रियंकाको अमेरिकी टिभी शो अब सकिएको छ । त्यसैले अब उनी दुई वर्षपछि पुनः बलिउडमै रमाउने तयारी गर्दैछिन् । उनी अली अब्बास जफरको निर्देशनमा बन्ने फिल्ममा सलमान खानका साथ देखिने भएकी छन् ।

Comments