‘तिमी हुन्छौ जहाँ–जहाँ’ फस्ट लुक्स
screennepal
प्रकाशित: २०७५, २३ जेष्ठ बुधबार
no img

प्रदर्शनीमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ–जहाँ’ को फस्ट लुक्स सार्वजनिक भएको छ । फस्ट लुक्सअन्तर्गत चलचित्र युनिटले सिनेमाको दुई ओटा पोस्टर सार्वजनिक गरेको छ ।
जसमध्ये एउटा पोष्टरमा मनिषसुन्दर श्रेष्ठ र मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ । यस्तै अर्को पोष्टरमा मनिषसुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबि गिरी र स्वरुपपुरुष ढकाललाई तगारोका रुपमा उभ्याइएको छ । ‘तिमी हुन्छौं जहाँ–जहाँ’ ८ असारमा एकल प्रदर्शनी हुँदैछ ।
यस चलचित्रलाई विवेक बस्यालले निर्देशन गरेका हुन् । जसमा मनिषसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।
प्रेमकथामा आधारित यस चलचित्रलाई पर्यटन व्यवसायिक मदन दवाडीसहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

Comments