नविनको क्यामेराले यस्ता देखिए फ्लोरमा मोडलहरु (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ५ जेष्ठ शनिबार
no img

काठमाडौं, ५ जेठ । शुक्रबार साँझ छिपिँदै जाँदा दरबारमार्गस्थित होटल अन्नपूर्णको स्पेश फेशनमय बन्दैथियो । जहाँ ढेड दर्जन मोडलहरु ¥याम्पमा उत्रिँदै थिए । विभिन्न आधा दर्जन डिजाइनरका क्रियशनमा प्रस्तुत भएका मोडलहरुको विरालो चालले माहोल रंगीन बनेको थियो ।


इभेन्ट मेनेजमेन्ट संस्था आरएण्डआर ग्रुपले आयोजना गरेको ‘एञ्जल अन द फ्लोर’ नाम दिइएको उक्त फेशनमा केही नयाँ तथा पुराना मोडलहरु ¥याम्पमा उत्रिएका थिए । मोडलहरु जिन्स, सारी, वानपिस, गाउनलगायतका सिक्वेँसमा प्रस्तुत भएका थिए । कक्टेलसहित आयोजित उक्त फेसन रात छिपिँदै जाँदा तात्दै गएको थियो ।


एञ्जल अन द फ्लोरमा विरालो चालमा हिडेका मोडलहरुलाई आफ्नो क्यामेरामा कैद गर्न फोटो पत्रकारहरु तँछाड–मछाड देखिन्थे । यसैक्रममा फोटो पत्रकार नविनबाबु गुरुङले पनि ती मोडलका तस्बिर आफ्नो क्यामेरामा कैद गर्न सफल भए । नविनले खिचेकामध्ये केही तस्बिर यहाँ प्रस्तुत छ ।

 

Comments