एउटै स्टेजमा प्रस्तुत हुँदै दर्जन व्यवसायी मोडल
screennepal
प्रकाशित: २०७५, १ जेष्ठ मंगलवार
no img

काठमाडौं, १ जेठ । नेपालका ब्यवसायी तथा उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्कालगायत २४ मोडल एउटै स्टेजमा प्रस्तुत हुँदैछन् ।
आगामी ११ जेठमा सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा हुने ‘दलजित सुदान फेसन रनवे–२०१८’मा यी मोडल एकसाथ ¥याम्पमा उत्रिन लागेका हुन् ।
नेपालमै पहिलोपटक १९२ फिट लामो युसेफ ¥याम्प स्टेजसहित शो हुन लागेको आयोजकले जनाएको छ । सोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेको बिभिन्न अन्तराष्ट्रियस्तरका पहिरनहरु प्रस्तुत हुनेछन् ।
नेक्स्ट मोडल नेपालको ब्यवस्थापन तथा संयोजनमा हुने उक्त शोबारे पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।
सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा यो सोपछि नेपालको फेसन उद्योगले बेग्लै छलाङ मार्ने नेक्स्ट मोडल नेपालका अध्यक्ष रबि धमलाले बताए ।
शोमा १६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरि तीन सिक्वेसमा डिजाइनर सुदानले तयार पारेका आकर्षक फेसनहरु प्रदर्शन गर्नेछन् ।
मिस नेपालकी कोरियोग्राफर रचना गुरुङले दलजित सुदानका डिजाइनसँग आफु राम्रोसँग परिचित भएको बताउदै सो फेसन पारखीहरुका लागि सरप्राइज हुने बताइन् । उनले सोमा प्रस्तुत हुने पहिरन अहिलेसम्मकै फरक हुने दाबी गर्दै सबैले लाभ उठाउनुपर्ने धारण राखिन् ।

 

Comments