एउटै स्टेजमा चार प्रतियोगिता | ‘मिस्टर नेपाल’को नयाँ सिजन सुरु
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
no img

काठमाडौं, २६ बैशाख । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल–२०१८’का लागि आवेदन खुला गरिएको छ । राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी ‘मिस्टर नेपाल’को नयाँ सिजन सुरु भएको आयोजकले जनाएको हो ।
आयोजक एक्सपोज नेपालका अनुसार १८ बर्षदेखि २८ बर्ष ननाघेका युवाले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरीलगायतको शहरमा प्रतियोगिताको पहिलो चरणको अडिसन आयोजना हुने भएको छ ।
साथै, एक्सपोज नेपालले नेपालले अबदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरी ‘मिस्टर नेपाल’कै मञ्चबाट नयाँ ‘मिस्टर नेपाल’का साथै अन्य तीन प्रतियोगी समेत गर्ने जनाएको छ । जसबाट छानिएकामध्ये ‘मिस्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउनेछन् भने अन्यले अन्तर्राष्ट्रिय प्रतियोगिता क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागिता जनाउन पाउने जनाइएको छ ।
कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापा र सुजुकी बाइकका मार्कटिङ म्यानेजर नवराजले बाइक पुरस्कार सम्बन्धमा सम्झौतासमेत गरेका थिए ।
कार्यक्रममा म्यानेजर नवराजले मिष्टर नेपाल पुरुषको सबैभन्दा ठुलो र प्रतिष्ठित कार्यक्रममा भएकोले आफु जोडिएको बताए । ‘मिष्टर नेपालले ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्न एकमात्र कार्यक्रम हो’ नवराजले भने ‘कार्यक्रममा सहभागी हुन पाउदा खुसी लागेको छ ।’

Comments