‘कामना फिल्म अवार्ड’लाई खुल्यो आवेदन
screennepal
प्रकाशित: २०७५, २४ बैशाख सोमबार
no img

काठमाडौं, २४ बैशाख । सिने मासिक पत्रिका ‘कामना’ले सिजी इन्टरटेनमेन्टको सहकार्यमा गर्दै आएको ‘कामना फिल्म अवार्ड–२०७५’मा सहभागी हुन चाहनेका लागि आवेदन खुल्ला गरेको छ ।
आयोजक संस्था कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले सोमबार विज्ञप्ति जारी गर्दै चौथो संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।
‘कामना फिल्म अवार्डस्–२०७५’मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक भएका नेपाली चलचित्रले सहभागिता जनाउन सक्नेछन् । आवेदन निःशुल्क भर्न पाइने ब्यबस्था गरिएको छ ।
अवार्ड समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन तथा मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्ने जनाएइको छ ।
त्यस्तै, चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) प्रदान गर्दै आएको यस आवार्डमा लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्डसमेत थपिएको छ । लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ ।

Comments