Lifestyle : यी हुन् दीपिका सुन्दर हुनुको कारण र रहस्य
screennepal
प्रकाशित: २०७५, २२ बैशाख शनिबार
no img

काठमाडौं, २२ बैशाख । दीपिका पादुकोण बलिउडकी ‘फिट अभिनेत्री’ मानिन्छिन् । यी ‘पद्मावत’ अभिनेत्री शारीरिक रुपमा एकदमै फिट छिन् । कारण, उनी बिहानदेखि साँझसम्म रुल्सको फलो गर्छिन् । जसमा उनको ‘हेल्दी डाइट’ र एक्सरसाइजको ‘सिस्टमेटिक’ तरिकाका रुटिन हुन्छ । उनी कहिल्यै बढी खादिँनन् । समयमा खाने र समयमा उठ्ने उनको बानी छ । यहाँ दीपिकाका दैनिक रुटिन र फिटनेस सीक्रेटबारे जानकारी गराउँदैछौं ।

बिहान उठ्ने समय : ५ः३० बजे
उठेपछि दीपिका एक तातो पानी तथा एक गिलास निम्बुको जुस पिउँछिन् ।
ब्रेकफास्ट : बिहान ७ः३० बजे
बे्रकफास्टमा २ वटा अण्डा, २ बदाम, एक कप, दुध, २ वटा प्लेन डोसार र १ प्लेट डोसा ।
प्रि–लञ्च स्नैक्स : १० बजे
एक कटौरा फ्रूट्स
लञ्च  : १२ः३० देखि १ बजेबीच
दीपिका लञ्चमा एक कटौरी ग्रिल्ड फिश र सब्जी–रोटी खान्छिन् ।
साँझ स्नैक्स  : फिल्टर कफी र १ बदाम या पिकेन नट्स
डिनर : दीपिका आफ्नो डिनरमा लाइट चिज खान्छिन् । यसमा सलाद बढी अनि रोटी र सब्जी ।
वाक : दीपिका दैनिक बिहान ३० मिनेट अनिवार्य वाक गर्छिन् ।
एक्सरसाइज : दीपिका बिहान १० देखि २० मिनेट पिलेट्स र स्ट्रेचिङ एक्सरसाइज गर्छिन् ।
योग : दीपिका दैनिक १० देखि २० मिनेट योग पनि गर्छिन् । त्यसपछि सुर्यलाई नमस्कार गर्छिन् ।

Comments