मोदीका लागि चार भाषामा अभिनन्दन पत्र !
screennepal
प्रकाशित: २०७५, २० बैशाख बिहीबार
no img

जनकपुरधाम, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरिने नागरिक अभिनन्दनका लागि चार वटा भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा गरिने नागरिक अभिनन्दनका लागि मैथिली, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा अभिनन्दन पत्र लेखन कार्य भइरहेको बताइएको छ ।
उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मैथिली र नेपालीमा लेखिएको अभिनन्दन पत्रलाई परराष्ट्र मन्त्रालयमा पठाउने तयारी भइरहेको छ ।
उपहानगरपालिकाले मिथिलाको सभ्यता, भाषा–संस्कृतिअनुरूप नागरिक अभिनन्दन गर्ने जनाइएको छ ।

उपमहानगरपालिका प्रमुख साहले भारतीय प्रधानमन्त्री मोदीलाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रबाट अभिनन्दन गरिने बताए । भारतीय प्रधानमन्त्री मोदीको यही वैशाख २८ गते पटनाबाट जनकपुरधाम आउने कार्यक्रम छ ।

Comments