भ्रामक समाचार लेख्नेलाई १० बर्ष जेल !
screennepal
प्रकाशित: २०७४, १२ चैत्र सोमबार
no img

क्वालालम्पुर, १२ चैत । मलेसिया सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा १० बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री नाजिब रजाकले आफू भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताए । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आमनिर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ ।
भ्रामक समाचारको दुरुपयोग निर्वाचनको बेला अत्याधिक हुने भएकाले निर्वाचन अगाडी त्यसलाई लागू गर्न सरकारले तयारी गरेको हो ।
विपक्षी दलका सांसदहरुले भने यस्तो व्यवस्थाप्रति विरोध जनाएका छन् । विपक्षी सांसद कारलस सान्तीयागोले विपक्षीलाई जवरजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारको रूपमा यो कानुन बनाउन लागिएको आरोप लगाए । प्रस्तावित मस्यौदामा भ्रामक समाचारलाई विश्वव्यापी समस्याको रुपमा चित्रित गर्दै दण्ड र सजायको व्यवस्था अत्यावश्यक भएको उल्लेख गरिएको छ । (एएफपी)

Comments