जापानमा अमृताले लोभ्याइन् रुपको मोहनीले…!
screennepal
प्रकाशित: २०७४, ६ चैत्र मंगलवार
no img

काठमाडौं, ६ चैत । गायिका अमृता लिम्बू जापानमा आफ्नो सांगीतिक प्रतिभा पस्केकी छन् । सांगीतिक प्रस्तुती दिन त्यहाँ पुगेकी अमृताले स्वरको जादुले मात्र नभएर आफ्नो रुपको मोहनीले पनि लोभ्याएकी छन् । रातो अर्थात् सेक्सी रंगको वानपिसमा प्रस्तुत हुँदा अमृताले दर्शकको वाहवाही पाइन् । दर्शकको ताली र वाहवाहीले अमृता पनि मख्खै परिन् ।


गायिका अमृताको यो पहिलो जापानको सांगीतिक टुर हो । तर, उनले पहिलोपटकमै त्यहाँ रहेका नेपालीलाई आफ्नो वसमा राख्न सफल भएकी छन् । हङकङ, कुवेत, कतारलगायतका मुलुकमा आफ्नो सांगीतिक कला प्रस्तुत गरिसकेकी अमृताले जापानको आफ्नो सांगीतिक टुर स्मरणयोग्य बनेको सुनाइन् । स्वरसँगै रुपकी समेत धनी अमृता पछिल्लो समय पाश्र्वगायनमा समेत जम्दैछिन् । यसैबेला उनको देश–विदेशको सांगीतिक भ्रमण पनि बाक्लिँदैछ ।


अमृता गायनसँगै मोडलिङमा पनि रुचि राख्छिन् । उनले आफ्ना केही गीतमा आफूले अभिनय गरेकी छन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा उदाएका मध्ये अमृता एक ‘हट गायिका’ मानिन्छिन् ।

 

Comments