रिलिज भयो “बियोन्ड द क्लाउड्स” को ट्रेलर , यस्तो रुपमा देखिए शाहिदका भाई
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
बलिउडका अभिनेता शाहिद कपुरका कान्छा भाई ईशान खट्टर पनि अब बलिउडमा डेब्यु गर्दैछन । हो दर्शकबिन उनि अभिनित फिल्म “बियोन्ड द क्लाउड्स” अब प्रदर्शनको लागि तयारी अवस्थामा रहेको छ । फिल्मको ट्रेलर यति बेला सार्वजनिक गरिएको छ । फिल्ममा अभिनेता शाहिद कपूरका कान्छा भाई ईशान खट्टर र अभिनेत्री मालविका मोहननको मुख्य भूमिका रहेको छ । भाई र बहिनीको सम्बन्धमा फिल्म आधारित रहेको छ ।

करण जोहर द्वारा निर्मित यो फिल्म मराठी फिल्म “सैराट” को हिन्दी रिमेक हो । भाईलाई ठूलो मान्छे बन्नु छ र यसका लागि उनले ड्रग्सको धन्दा सुरु गर्न थाल्छन् । स्टोरीमा तब मोड आउँछ जब भाईको गलत कामका कारण उनकी बहिनीलाई प्रहरीले गिरफ्तार गर्दछ । फिल्ममा क्राइम र इमोसनको निकै राम्रो मिश्रण रहेको छ । ए.आर रहमानको संगीत रहेको यो फिल्म २० जुलाईमा प्रदर्शन हुँदैछ ।

यसै फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेका ईशानलाई यो फिल्ममा आमिर नाम दिइएको छ । ट्रेलरमा ईशानको लुक निकै रफ एन्ड टफ छ । यस फिल्म पछि ईशान श्रीदेवीको छोरी जाह्नवी कपूरसँग फिल्म “धडक” मा देखिँदैछन् । जाह्नवीले यो फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् ।

हेर्नुस ट्रेलर :

Comments