जापानमा एक दर्जन बढी स्टेज भ्याएर आए चेतन
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

नेपाली चलचित्रका सफल र चर्चित संगीतकार चेतन सापकोटा जापानका ओशाका, नागोया, टोक्यो र योकोहामा शहरमा करिब एक दर्जनभन्दा बढी स्टेज सो सकेर नेपाल फर्किएका छन् ।
आफ्ना फ्यान प्रकाश रेग्मीको निमन्त्रणामा न्यू एयर मनाउन बिना कुनै सेड्युल जापान पुगेका सापकोटा जापानमा सबैभन्दा धेरै स्टेज सो गर्ने गायकको रुपमा कहलिएका छन् ।


सरल, मिलनसार अनि सबैलाई जय मायाँप्रेमको बन्धनमा बाँध्ने क्षमता नै उनको सफलताको राज हो भन्छन् जापानका संगीतप्रेमीहरु । उनलाई आमन्त्रण गर्ने प्रकाश रेग्मी भन्छन, ‘कार्यक्रममा गएको चेतन दाईलाई कसले किडन्याप गर्ने हो चिन्ता मलाई (हा हा हा हा ) । मैले न्यू एयर मनाउन बोलाएको दाई त न्यू एयरमा गायब । ३ दिनपछि भेट भयो ।’
एनआरएनए कान्साईको आयोजनामा भएको नयाँ बर्ष सांगीतीक धमाका कार्यक्रममा चेतन सापकोटाको गीतमा दर्शकहरु मजैसँग झुमेको बताउँछन एनआरएनए कान्साईका सल्लाहकार नरेन्द्र बस्नेत र कार्यक्रम संचालक तथा पत्रकार पुरुषोत्तम लामिछाने ।
नागोयाका ब्यवसायीहरु गोबीन्द श्रेष्ठ र डीलाराम खरेल भन्छन, ‘सच्चा संगीतको पुजारी हो चेतनजी । कुनै घमण्ड छैन, डीमान्ड छैन । बाहीरी आवरण र भित्री मन फरक छ ।’
जापान बसाईका क्रममा संगीतकार तथा गायक चेतन सापकोटाले टोक्यो, योकोहामा र ओशाका सहरमा एकल साँझ मार्फत संगीतप्रेमी नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
एकल साँझमा संगीतकार तथा गायक सापकोटाले अग्रज श्रष्टा भक्तराज आचार्यलाई ‘जहाँ छन बुद्धका आँखा’ बोलको गीतबाट सम्झिए भने अमर श्रष्टा खेमराज गुरुड्ग, सुनील बर्देवा, अरुण थापा, नातीकाजी, गोपाल योञ्जन, फत्तेमान र नारायण गोपाललाई उनीहरुका कालजयी गीतहरु गाएर सम्झना गरे ।
तामाङ समुदायको ल्होछार बिशेष सांगीतीक कार्यक्रममा पनि उनले आफुले संगीत भरेका र आफुले गाएका गीतहरुमार्फत दर्शक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
संगीतकार गायक जन्माउने मात्रै होईन आफुले गाउन पनि सक्छन भन्ने गतिलो उदाहरणका रुपमा चेतन सापकोटाले आफुलाई चिनाएका छन् । जापान बसाईलाई समिक्षा गर्दै गायक तथा संगीतकार सापकोटाले भने, ‘म मेरो सांगीतीक यात्राको मध्यान्तरमा छु, अब क्लाईमेक्सतीर अघी बढ्न जापानबाट हौसला मिलेको छ ।’
नेपाली गीत, संगीत र चलचित्रलाई कसरी अन्र्तराष्ट्रियकरण गर्न सकिन्छ भन्ने बिषयमा जान्न बुझ्न यो सालको विदेश यात्रा जापानका लागी तय गरेका सापकोटाले जापान बसाईका क्रममा दुई ओटा गीतको म्युजिक भिडियो समेत खिच्न भ्याएका छन ।
स्वर, शब्द र संगीत आफैले गरेको ‘आमाले सम्झिन कि क्या हो घरको याद आयो’ र ‘तिमिले हाँसी दिए पुग्छ’ बोलका गीतको जापानका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको छ ।

Comments