जावलाखेल मैदानमा हुने भनिएको ‘प्रोजेक्ट वान’ कन्सर्ट स्थगित
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

गएको १३ मा बुटवलस्थित बुटवल मण्डपमा भव्य कन्सर्ट गरेको ‘प्रोजेक्ट वान’ले आगामी माघ २७ गते ललितपुरको जावलाखेलमा गर्ने भनिएको ‘फेरी उठ्नेछ नेपाल’ कन्सर्ट स्थगित भएको छ । मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ताजस्ता चर्चित रक व्याण्ड आबद्ध व्याण्डले प्राविधिक कारणले कन्सर्ट स्थगित गर्नुपरेको जनाएको छ ।
व्याण्ड संस्थापक ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले व्याण्डको डेब्युट एल्बमको तयारी भइरहेकोले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कन्सर्ट स्थगित गरिएको बताए । ‘बुटवलको कन्सर्ट सफलतापूर्वक सम्पन्न भएपछि हामी जावलाखेलको तयारीमा थियौं । तर व्याण्डको डेब्युट एल्बमको तयारी र फेब्रुअरी महिना भित्रै म्युजिक भिडियो पनि सार्वजनिक गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कन्सर्टलाई स्थगित गरेका छौं,’पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले भने,‘हाम्रो निर्णयले दर्शक दुःखी हुनुभएको छ भन्ने लागेको छ । त्यसकारण केही समयका लागि धैर्य रहन आग्रह गर्दछौं ।’

Comments